बजाजको सबैभन्दा सानो क्रुजर बाइक एभेन्जर स्ट्रिट १६० एबीएस नेपालमा, मूल्य ३ लाख २० हजार

ISUZU

tvs-race
thee-go
yamaha-nepal

काठमाडौं – नेपाली बजारमा बजाजको एभेन्जर सिरिजको सबैभन्दा सानो क्रुजर बाइक एभेन्जर स्ट्रिट १६० एबीएस भित्रिएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले डिलरमार्फत सामान्य रुपमा यो बाइक बिक्री भएको घोषणा गरेको छ ।

यसको मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ । बजाज नेपालको अफिसियल वेबसाइट तथा फेसबुकमा समेत यसको जानकारी राखिएको छ ।

बजाज एभेन्जर १६० क्रुजर बाइकमा १६० सीसीको इन्जिन छ । यसले ८,५०० आरपीएममा ११.०३ पीएस पावर र ७००० आरपीएममा १३.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा बीएस–६ मापदण्ड अनुरुपको इन्जिन छ ।

नयाँ एभेन्जरमा सिंगल च्यानल एबीएस समेत छ । यसको अघिल्लो पांग्रामा २६० एमएमको डिस्क ब्रेक र पछिल्लो पांग्रामा १३० एमएमको ड्रम ब्रेक छ । यसको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा ट्विन सक एब्जर्बर छ ।

Motorhead

बाइकको ग्राउन्ड क्लियरेन्स १६९ एमएम र १३ लिटरको इन्धन ट्यांकी छ ।

हाल नेपाली बजारमा उपलब्ध बजाज बाइक र तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।


Subscribe Now