tvs-race

साउथ इन्डियन सिनेमाकी चर्चित नायिका अनुष्का शेट्टीले आज ३७ औं जन्मदिन मनाइरहेकी छिन् । उनी सन् १९८१ नोभेम्बर ७ मा कर्णाटकमा जन्मेकी थिइन् । सन् २००५ देखि फिल्म क्षेत्रमा प्रवेश गरेकी अनुष्काले हालसम्म आउँदा अनेकौं कारहरुको कलेक्सन गरेकी छिन् । यस्तो छ उनको कार कलेक्सन ।

औडी ए६
औडी ए६ मा २.० लिटरको टीएफएसआई बीएस–६ मापदण्डयुक्त इन्जिन जडान गरिएको छ जसले ५०००–६००० आरपीएममा १८० किलोवाटको पावर र १६००–४५०० आरपीएममा १४२ एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा ७ स्पिड एस ट्रानिक गियरबक्स समावेश गरिएको छ । सो कारको शुरुवाती एक्स सोरुम मूल्य ५४ लाख २० हजार भारु छ ।

औडी क्यु५
औडी क्यु५ मा दुई इन्जिनको विकल्प रहेको छ । सो कारको डिजेल भेरिएन्टमा १९६८ सीसीको डिजेल इन्जिन जडान गरिएको छ जसले ३८००–४२०० आरपीएममा १९० एचपीको पावर र १७५०–३००० मा ४०० एनएमको टर्क जेनेरेट गर्छ । सो कारको पेट्रोल भेरिएन्टमा १९८४ सीसीको पेट्रोल इन्जिन जडान गरिएको छ । जसले ५०००–६००० आरपीएममा २५२ एचपीको पावर र १६००–४५०० मा ३७० एनएमको टर्क जेनेरेट गर्छ । सो कारको एक्स शोरुम मूल्य ५५ लाख भारु रहेको छ ।

टोयोटा कोरोल्ला अल्टिस
टोयोटा कोरोल्ला अल्टिस कारमा १७९८ सीसीको डिजेल इन्जिन जडान गरिएको छ । जसले ६४०० आरपीएममा १४० पीएसको पावर र ४००० मा १७३ एनएमको टर्क जेनेरेट गर्छ । सो कारको एक्स शोरुम मूल्य लगभग १६ लाख ४५ हजार भारु रहेको छ ।