Apache Race Track Experience

काठमाडौं – कारखाना तथा वर्कशप संचालन निर्देशिका २०७४ का सम्वन्धमा यातायात व्यवस्था विभागले देशका विभिन्न स्थानमा रहेका कारखाना तथा वर्कशपहरुलाई दिएको निर्देशन सम्बन्धमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई ध्यानाकर्षण गराएको छ ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष यामप्रसाद भुसाल, उपाध्यक्ष गोपाल भट्टराई, महासचिव ठाकुरप्रसाद न्यौपाने, कोषाध्यक्ष कुलबहादुर नेपाली, ३ नम्बर प्रदेश संयोजक दीपक खड्का र अन्य पदाधिकारीहरुमार्फत महानिर्देशकलाई ध्यानाकर्षण गराइएको हो । हाल देशभर विभिन्न कारखाना तथा वर्कशप सञ्चालनमा रहेका र दर्ता हुन तथा विभिन्न शर्तहरु पालना गर्नका लागि मन्त्रालयले निर्देशन दिएको छ ।

सो निर्देशन पालना गर्नका लागि समय थोरै भएको र थप छलफल गर्नुपर्ने महासंघले माग गरेको छ । महासंघले प्रस्तुत गरेको ध्यानाकर्षण पत्र यस प्रकार रहेको छ :


श्रीमान महानिर्देशक ज्यू
भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय
यातायत व्यवस्था विभाग,बबरमहल, काठमाण्डौ ।

विषयः– कारखाना तथा वर्कशप संचालन निर्देशिका २०७४को ध्यानाकर्षण सम्वन्धमा ।

महोदय,
प्रस्तुत विषयमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय यातायात व्यवस्था विभाग कारखाना तथा वर्कशप संचालन निर्देशिका २०७४ का सम्वन्धमा यातायात व्यवस्था विभागले देशका विभिन्न स्थानमा रहेका कारखाना तथा वर्कशपहरुलाई छोटो मिती तोकेर ताकेता पूर्ण तरिकाको पत्राचार गरी कारखाना तथा वर्कशप दर्ता गर्न निर्देशन दिइएको सम्वन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल सरकारले सवारीका साधनहरुको मर्मत सम्वन्धी कामकाज गर्ने अटो व्यवसायी अटोमेकानिक्स वा यस क्षेत्रलाई समेटी संस्थागत रुपमा कृयाशिल नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र सम्वन्धित सरोकारवाला निकायहरु संग राष्ट्रिय स्तरको व्यापक छलफल, राय सुझाव विना नै एकतर्फी रुपमा कारखाना तथा वर्कशप संचालन निर्देशिका २०७४ कार्यान्वयन गर्दा व्यवसायीहरु आश्चर्यचकित भएका छन् । यो निर्देशिका जो जस्ले पालना र व्यवहारिक रुपमा भोग्नु पर्ने हो । उसलाई नै थाहा छैन । जती व्यवसायीहरुलाई यसका बारेमा जानकारी छ उनीहरुले कारखाना तथा वर्कशप संचालन निर्देशिका २०७४ बमोजिम कामकाज गर्न सक्ने अवस्था छैन ।

हाम्रो पेशा र व्यवसाय निकै महत्वपुर्ण छ । हाम्रो दाईत्व र कर्तब्य बुझेका छौ । यती हुदाँ हुदै पनि हाम्रो बाध्यताहरु पनि छन् । सर्वप्रथम वर्कशपहरु स्थायी रुपमा राख्न सक्ने अवस्था छैन् । केही समयको लागी भाडामा लिएको स्थान छोड्नु पर्ने हुन्छ हामीहरुले वनाएका संरचना मै व्यवसायीको लगानी डुब्छ । जव सम्म स्थायी रुपमा एकै स्थानमा बसेर वर्कशप चलाउने अवस्था हुदैन तव सम्म यो निर्देशिका लागु हुने सम्भावना न्युन रहन्छ । तसर्थ देशका प्रत्येक शहरहरुमा अटो ल्याण्ड को स्थापना भयो भने हाम्रो कार्यशैली व्यवस्थीत हुन्छ र सरकारी निती, निर्देशन बमाजिम काम गर्न गराउन सहज हुने छ ।

वर्तमान अवस्थामा देशका विभिन्न भागहरुमा सडक छेउछाउमा अस्थाई रुपमा वसेर हाम्रा व्यवसायीहरुले सेवा प्रवाह गरिरहेको अवस्था छ । व्यवसायीहरुले आफ्नो र वर्कशपहरुको क्षमता विस्तार गर्ने देखी लिएर प्रविधिक रुपमा सक्षम वन्न लागीरहेको देखिन्छ तर यसका वारेमा नेपाल सरकारका तर्फबाट क्षमता अभिबृद्धि, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, वातावरण प्रदुषण नियन्त्रण, फोहर लाई पुनः प्रयोग हुने प्रविधि सम्वन्धी चेतना मुलक कार्यक्रम, छलफल, प्राविधिक तथा आर्थिक सहयोग गरेर व्यवसायीहरुलाई सक्षम बनाए पछि मात्र निर्देशिका बमोजिम गर्न गराउन जायज हुने थियो । यस तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौ । यस्ता खालका जागरण मुखी अभियान नेपाल सरकार र हामी व्यवसायीहरु मिलेर नेपालका सवै सहरहरुमा गनुपर्ने हुन्छ । यस सम्वन्धमा हाम्रो संस्था सरकार सँग मिलेर काम गर्न प्रतिवद्ध छ ।

हामीहरुले निर्देशिकामा उल्लेख भएका केही बुदाहरु जानी नजानी पालना गरेका छौ । केही प्रविधिक कुराहरु क्रमश पालना गर्दै जाने कुरामा पनि विश्वास दिलाउन चाहान्छौ ।

हाम्रा अटो मेकानिक्सहरु वर्षौ देखी कामकाज गर्दै आईरहेका छन् । लामो अनुभव छ तर प्राविधिक रुपमा योग्यताका प्रमाणपत्रहरु छैनन् यसवाट हामीहरुलाई निर्देशिकाको परिपालना गर्न कठिन भएको छ । हाम्रो शिप, क्षमतालाई प्रमाणीकरणको व्यवस्था नेपाल सरकार बाट व्यवस्था भएका धेरै कुराहरुको हल हुने देखिन्छ ।

निर्देशिका बमोजिम कारखाना र वर्कशपले पालना गर्नुपर्ने कुराहरु हामीहरुले लगभग व्यवहारमा लागु गरी सकेका छौ सरसफाई, वालश्रम अन्त्य, कर्मचारीका वारेको वारेमा प्रथमीक उपचार आदी ।
निर्देशिकामा उल्लेख भएका केही कुराहरु क्रमश पुरा गर्दै जान सकिने खालका पनि छन् हामीहरु उक्त मापदण्ड पुरा गर्न लाग्ने छौ ।

नेपाल सरकारका तर्फबाट तपशिल बमोजिमका बुदाँहरुमा पहलकदमी गरेर कार्य अगाडी वढाएका निर्देशिका बमोजिम व्यवसायीहरु दर्ता प्रकृयामा गएर कामकाज गर्न सकिने अवस्था छ । अन्यथा उक्त निर्देशिका कार्यान्वयन गर्न कठिनछ । यस तर्फ नेपाल सरकार, मन्त्रालय एवं विभाग सवैको ध्यानाकर्षण गराउन चाहान्छौ ।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, कारखाना तथा वर्कशप संचालन निर्देशिका, २०७४ को असहमत रहेका बुदाहरु तपशिल बमोजिम रहेको जानकारी गराउदछौ ।

१. कार्यालय कोठा :
आवश्यकता अनुशारको रहेको र क वर्गकोमा प्राय सवैमा रहेको र ख वर्गकोमा व्यवस्था गर्दै लैजान पहल गर्न सकिने तर जग्गाको प्रकृती अनुशार यतिकै कार्यकक्ष निमार्ण गर भन्न सकिने अवस्था नरहेको

२. Ramp /Trench तथा मर्मत शेड :
क वर्गको मा रहेको र ख वर्गकोमा जग्गाको स्थाईत्वको अभावका कारण अली वडी कठीन देखिन्छ तर पनि ठुला सवारी साधनका लागी च्बmउ रत्चभलअज को त्यती अवश्यकता देखीदैन् ।

३.Equipment /Tools M

अटो वर्कशपमा मेकानिक्सहरुले आफ्नो पेशाको आवश्यकता अनुशारको Equipment /Tools को व्यवस्था गरेर काम गर्ने गरेको तर सम्पुर्ण Equipment /Tools का सामानहरु भने कार्य विभाजनका कारण एउटै वर्कशपमा उपलब्ध भने नहुने । wheel Aligners / Wheel Balancing machine टायर वर्कशपहरुले गर्ने हुदा वर्कशपहरुमा आवश्यकता नपर्ने ।

४.Two Post /Four Post lift :
Two Post/ Four Post lift सम्वन्धमा भने सम्भव भएसम्ममा क वर्गकोमा रहको अवस्था तर चक्रपथ भित्र भने 3phase लाईनको उपलब्धता नहुने कारण Four Post lift सम्भावना कम छ । ख वर्गकोमा आवश्यकता नपर्ने र ठुला सवारी साधनकाल लगी नेपालमा षित उपलब्धता समेत नरहेको । साथै महँगो पर्ने कारण र जग्गाको सम्झौता पनि लामो समयका लागी नपाउने कारणले ख वर्गमा राख्न नसकिने बाध्यता रहेको छ ।

५.Diagnostic machines: one Smoke meter and Gas analyzer :

Diagnostic machines: one Smoke meter and Gas analyzer महँगो पर्ने कारण प्रत्येक वर्कशपमा राख्न सम्भव देखिदैन तर हाल यातायात व्यवस्था विभाग ले गर्दै आएको प्रदुषण जाँच को जिम्मा संघलाई वा सम्वन्धित अटो वर्कशपहरुलाई नै दिएमा क्षेत्रगत हिसावमा राख्न सकिने त्यसको लागी भान्सार छुटको व्यवस्था गरिदुनुपर्ने ।

६.मनविय संसाधन :
९० प्रतिसत भन्दा वडी मेकानिक्सहरु साधारण लेखपढ् मात्र गर्न सक्ने हुनाले र उनिहरुको कामको अनुभवको आधारमा दक्ष र अर्ध दक्षको मापन हुनुपर्ने ।

मेकानिक्सहरु प्राय गरि वर्कशपमै काम गरी सिकेका हुदाँ शिक्षण सस्थाको वा तलिम केन्द्रको प्रमाणपत्र नहुने र यसको लागी वर्कशपको चलन चल्तीको भाषामा Skill test व्यवस्था गरिनुपर्ने ।

अटो मेकानिक्स व्यवसायी संघले प्रमाणित गरेको व्यक्तीलाई पनि मन्यता दिनु पर्ने ।
अटो मेकानिकल, अटोमोबाइल्स इन्जिनियर को हकमा भने वर्कशपहरुलाई आवश्यक पर्ने प्रयाप्त मात्रामा इन्जिनियरहरु नरहेको र हस्ताक्षरका लागी मात्र राखेर त्यसको कुनै औचित्य नरहने हुदाँ मेकानिक्सहरुले सरकारको कुन Level को Skill test Pass गरेपछी प्रमाणीत गर्न पाउँने त्यसको व्यवस्था हुनु पर्ने ।

कारखाना तथा वर्कशप अनुगमन चेकलिष्ट :
यस को अनुगमन संघले गर्न पाउँनु पर्ने ।

बडी कारखाना :
काठमाण्डौ हकमा चक्रपथ भित्र वनाउन नपाउने भए चक्रपथ बहिर कुन ठाउँमा राख्न पाउने त्यसका लगी क्षेत्र तोक्नु पर्ने । साथै देशभरी बडी कारखानाको क्षेत्रको स्थानको व्यवस्थपन गर्नु पर्ने यस्को लागी यातायात व्यवस्थामा विभागले केही ध्यान दिएको छ की ?

यी माथिका आधार वाहेक पनि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातयात व्यवस्था विभागले वातावरण मैत्री स्वच्छ, सफा र सुन्दर सहर व्यवस्थीत अटो वर्कशपको कल्पना र व्यवस्थापनका लागी निकालिएको निर्देशिकामा दुई मत हुन सकिदैन तर के यो जिम्मा हामी अटो मेकानिक्स व्यवसायमा आवद्ध अटो वर्कशपको मात्र हो ? समग्र राज्य लगाएत यातायात व्यवस्था विभागको पनि रहेको हाम्रो वुझाइ छ । दिर्घकालिन व्यवस्थापनको लागी यातायात व्यवस्था विभागले कास्तो कार्ययोजना तयार पारेको छ ? राज्य विकास पहिलो खुड्कीलो सडक र सवारी रहेको भएपनि हालसम्म यी सवारी मर्मतका लागी स्वरोजगार पेशामा खटिएका अटो मेकानिक्स वा अटो वर्कशपहरुको व्यवस्थीत करणमा राज्यले खासै ध्यान दिएको देखिदैन । निर्देशिका अनुशारको कारखाना तथा वर्कशप संचालन निर्देशिका २०७४ अनुसारको वर्कशप पुर्ण रुपमा व्यवस्था गरि संचालन गर्न तपशिल बमोजिमका केही सुझावहरु राज्यले मनन् गरेमा पनि सम्भव देखिन्छ ।

१. अटोल्याण्डको व्यवस्था वा सस्तो भाडादरमा लामो समयका लागी जग्गाको व्यवस्था ।
२. वर्कशप Equipment/ Tools  मा भन्सार छुटको व्यवस्था वा सहुलेत दरमा राज्यले व्यवस्था गरिदिने
३. गुणस्तरीय पाट्पुर्जाको चेकजाँच तथा अनुगमन ।
४. दर्ता प्रक्रियामा सहजिकरण साथै एकद्धार प्रणालीमा दर्ता प्रणाली लागु हुनुपर्ने ।
५. वर्कशप व्यवस्था गर्नका लागी कम्तीमा ३ वर्ष सम्म यथा स्थीतिमा रहन पाउँनु पर्ने ।

..................
ठाकुर प्रसाद न्यौपाने

महासचिव