tvs-race

कार निर्माता कम्पनी आउडीले बिक्री गरिएका सबै १ हजार ६ सय ४४ युनिटै ई–ट्रोन इलेक्ट्रिक कार बजारबाट फिर्ता लिने घोषणा गरेको छ ।

ब्याट्रीमा केही गडबडी भएको र यसका कारण आगो लाग्ने सम्भावना देखिएकाले ती कार फिर्ता गर्न लागेको कम्पनीले जनाएको छ ।

ब्याट्री चार्जिङ सिष्टममा केही समस्या देखिएको बताइएको छ । चार्जिङ पोर्ट र ब्याट्रीको बीचमा भएको वायरिङ एसेम्बली कम्पोनेन्टमा चिसोपनका कारण कारले वार्निङ लाइट देखाउने र पछि आगो लाग्ने गरेको पाइएको छ ।

आउडीले यस प्रकारको पाँच वटा गुनासा प्राप्त भएको र त्यसपछि गाडी फिर्ता (रिकल) गर्ने निर्णय लिएको बताएको छ ।

कम्पनीले आगामी अगस्ट सम्म नयाँ ई–ट्रोन बिक्री नगर्ने र चलिरहेका ई–ट्रोन पनि वार्निङ लाइट नआउदा सम्म चलाउन सकिने बताएको छ । फिर्ता लिएपछि सबै कारको समस्या समाधान गरी सम्बन्धित धनीलाई फिर्ता गरिने छ ।

कारमा धेरै क्षमतायुक्त ९५ किलोवाटको ब्याट्री युनिट छ । यो टेस्लाको इलेक्ट्रिक कारमा भएको ब्याट्री युनिट भन्दा पनि राम्रो भएको बताइएको छ । सो ब्याट्री युनिटलाई १५० किलोवाट चार्जरको सहयोगले ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । 

आउडीको सो ई–ट्रोन एसयूभीको फ्रन्ट र रियर एक्सलमा इलेक्ट्रिक मोटर्स लगाइएको छ । यसले संयुक्त रुपमा ३०० किलोवाट अर्थात ४०२ एचपी पावर र ६६४ एनएम टर्क प्रदान गर्छ ।