सस्तो दरमा गज्जव फिचर सहित आकर्षक पिकअप (भिडियो सहित)

ISUZU

tvs-race
thee-go
yamaha-nepal

नेपाली बजारमा हालै फोटोनको टुनल्यान्ड ई पिकअप भित्रिएको छ । बजारमा धेरै ब्रान्डका पिकअप उपलब्ध भएको समयमा फरक पहिचानका साथ पछिल्लो समयमा भित्रिएको फोटोनको यो पिकअपको वारेमा चासो बढ्दै गएको छ ।

यसको लम्बाई ५३१० एमएम, चौडाई १८८० एमएम र उचाई १८६० एमएम छ । कार्गो बक्सको लम्बाई १५२० एमएम, चौडाई १५८० एमएम र उचाई ४४० एमएम छ । ह्विलबेस ३१०५ एमएम छ भने ग्राउन्ड क्लियरेन्स २१० एमएम छ ।

गाडीको पेलोड क्यापासिटी १ हजार केजी छ । ७६ लिटरको इन्धन ट्यांकी भएको यो गाडीमा ५ जना व्यक्ति आरामदायी तरिकाले बस्न सकिन्छ । यात्रुको आरामताका लागि टुनल्यान्ड ईमा अगाडि डबल विशबोन क्वाइल स्प्रिङ भएको अपर एन्ड लोवर ए–आर्म र पछाडि शक एब्जर्बरहितको डिपेन्डेन्ड सस्पेन्सन राखिएको छ ।

गाडीमा हाइड्रोलिक पावर असिस्टेड र्याक एन्ड पिनियन स्टेयरिङ छ । त्यसैगरी यसमा अलोय ह्विल र ट्युबलेस रेडियल टायर प्रयोग गरिएको छ ।

फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन फोर सिलिन्डर, टर्बोचार्जर एन्ड इन्टरकुलरसहितको ५ स्पिड म्यानुअल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको छ, जसले ३६०० आरपीएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६०० देखि २४०० आरपीएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्छ ।

फोटोनमा सुरक्षालाई सबैभन्दा बढी प्राथमिकतामा राखिन्छ । त्यसैले यसमा ड्राइभर र प्यासेन्जर दुवैका लागि प्रयोग हुने ड्युअल एअरब्याग, अघिल्लो भागमा भेन्टिलेटेड डिस्क र पछिल्लो भागमा ड्रम ब्रेक, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ जस्ता सुरक्षाका फिचर छन् । साथै, यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेयरिङ, एअर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यु मिरर आदि छन् ।

गाडीमा एफएम रेडियो, अक्स र यूएसबी जस्ता अडियो डिभाइसको प्रयोग गर्न सकिन्छ । यसका लागि यसमा २ स्पिकर सिष्टम छ । त्यसैगरी रिभर्स पार्किङ सेन्सर तथा मल्टिपल कप होल्डर र स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छ ।

कुनै पनि व्यक्तिको लाइफस्टाइलको पहिचान गराउने स्टाइलिस, ठूलो बडी साइज र लोडिङ डेक, फराकिला र लक्जरियस सिट एवं ईबीडी सहितका एबीएस तथा विभिन्न फिचरका कारण टुनल्यान्ड ई नेपाली ग्राहकले रुचाउने अपेक्षा गरिएको छ । नेपाली बजारका लागि टुनल्यान्ड ईको मूल्य ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

टुनल्यान्ड ईमा विश्वप्रसिद्ध ब्रान्डको पावर पर्फर्मेन्स र रिलायबिलिटी तथा ओरिजिनल रोबस्ट डिजाइनको बेजोड मिलन देख्न सकिन्छ । यसले नेपालमा फैलँदो पिकअप बजारको मागलाई सम्बोधन गर्नेछ ।

बाहिरबाट हेर्दा पनि निकै नै आकर्षक लुक र स्टाइलमा यो पिकअप उपलब्ध छ । यही विशेषता र सुविधा भएका अन्य गाडी भन्दा यो निकै नै सस्तो दरमा उपलब्ध भएको मान्न सकिन्छ ।

नेपाली बजारमा एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालिले फोटोन टुनल्यान्ड ई पिकअप बिक्री–वितरण गरिरहेको छ ।


Subscribe Now