tvs-race

भारतको लोकप्रिय कम्पनी एटीएस एल्गीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक डिस्इन्फेक्सन टनेल विकास गरेको छ ।

पूर्ण रुपमा अटोमेटिक रुपमा चल्ने सो टनेलले यसमा कुनै मानिस गएको आफै पत्ता लगाउछ र स्वचालित रुपमा कार्य गर्न थाल्छ । यसको लम्बाई २७४३ एमएम, चौडाई १४४८ एमएम र उचाई २३६२ एमएम छ ।

यसले मानिसको शरीरको वाहिरी भागमा यदि कोरोना भाइरस छ भने त्यसलाई डिस्इन्फेक्ट गर्ने कार्य गर्छ ।

सो टनेलमा १ एचपीको मोटर छ भने २४ वटा नोजल छन् । यसले २५ बार प्रेसरमा कार्य गर्छ । यसमा मानिसको चाल थाहा पाउने कार्य फोटो सेन्सरले गर्छ ।

नेपालमा एटीएस एल्गीका उपकरण हिट्को प्रालिले उपलब्ध गराउदै आएको छ । यद्यपि अहिले नै सो डिस्इन्फेक्सन टनेल नेपालमा उपलब्ध गराउन भने वर्तमान परिस्थितिका कारण समय लाग्ने हिट्को प्रालिका प्रबन्ध निर्देशक प्रदीपमान प्रधान बताउछन् ।

एकै पटक धेरै मानिसहरु आवतजावत गर्ने रेल स्टेशन, बस स्टेशन, एयरपोर्ट जस्ता स्थानमा उक्त टनेल निकै नै प्रभावकारी हुने अपेक्षा गरिएको छ । भारतमा भर्खरै उपलब्ध भएको र यसको प्रयोग बढिरहेको छ ।

एटीएस एल्गीले अटोमोबाइल क्षेत्रका लागि आवश्यक विभिन्न इक्विपमेन्टहरु निर्माण गर्दै आएको छ । हाल कम्पनीले समयको माग अनुसार नयाँ प्रविधिको उपकरण विकास गरेको बताएको छ ।