अशोक लेल्यान्डका बसहरूको च्यासिस हस्तान्तरण

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले काठमाडौंमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ ।

व्यावसायिक भ्रमणका लागि नेपाल आएका इन्टरनेसनल अपरेसनतर्फका प्रेसिडेन्ट संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।

च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताउँदै आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण प्रगति भएको उल्लेख गरे । नेपालमा भाइकिङ २२२ को बजारलाई अझै बिकास गर्दै आक्रमक बनाउन सहयोग गरेकोमा ग्राहकहरुलाई प्रेसिडेन्ट संजयले धन्यवाद दिएका छन् । साथै आगामी दिनहरुमा भाइकिङ २२२ लाई अझै बढी प्रवद्र्घन गरी सहयोग गर्न प्रेसिडेन्ट संजयले अनुरोध गरे ।

भाइकिङ २२२, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा धेरै रुचाइएको बस भएको कम्पनीले बताएको छ । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जसले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

भाइकिङ २२२ मा ओभर ड्राइभ गियरबक्सले काम गर्ने भएको हुँुदा १८० एचपी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयर सस्पेन्सन, डाइरेक्ट ड्राइभ एसी, इनलाइन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र बिश्वासिलो रहेको कम्पनीको भनाइ छ ।

नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ गाडीहरु चल्दै आएका छन् । अत्यधिक माग अनुसार कम्पनीले ग्राहक वर्गहरुलाई बिशेष सर्भिस पनि दिदै आएको छ । आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँुदा सजिलै पार्ट्स र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...