सुरक्षित यात्राको अधिकार : मेरो मानव अधिकार

ISUZU

tvs-race

संसारमा शारीरिक मानसिक अपाङ्ग भएका व्यक्तिहरुको संख्या कति होला ? त्यसको ठ्याक्कै प्रतिशत त नहोला । अन्य तथ्यांक जस्तै त्यसको पनि आ–आफ्नै व्याख्या छन् ।

संख्या जति होस् अर्थात् थोरै नै होस्, के तिनको बाच्ने अधिकार छैन ? तिनले आफ्नो शारीरिक, मानसिक विकास, शिक्षा तथा रोजगारीको लागि समेत चाहिने पूर्वाधार पाएका छन् ?

यहाँ म त्यो समुदायको कानुनी संरक्षण, मानव अधिकार र राष्ट्रको दायित्वको बारेमा कुरा गरिरहेको छैन । हामीले सामान्य आँखाले सडकमा देखिएका उनीहरुको सुरक्षित र व्यवस्थित यात्राको दायित्व र राज्यको होला नि ! त्यो मात्र कोट्याएको हो ।

आजको युग मोबिलिटीको युग हो, शारीरिक होस् या बौद्धिक । अरबौं खर्च गरि बनाइएका हाम्रा सडकहरु किन अपाङ्ग मैत्री बनाउन नसकेको ? कि त्यसका ‘ठेकेदारहरुलाई’ आफ्नो घर परिवार, नातागोतामा कोही पनि कुनै पनि बेला अपाङ्ग हुन सक्छन् भन्ने चेत नभएरै हो त ? मलाई पनि त्यस्तै लाग्थ्यो, यो अर्कै मान्छेको समस्या हो, तर होइन रहेछ । त्यो त मेरै समस्या रहेछ । कुनै पनि बेला म स्वयंलाई अपाङ्ग मैत्री सडक र यातायात जरुरी हुन सक्छ ।

सामान्य अध्ययनले पनि भन्छ बढीमा तीन प्रतिशत मात्र लगानी बढाउने हो भने अधिकांश शहरी सडक व्हिलचेयर, सेतो लट्ठी र पाराबाइक मैत्री बनाउन सकिन्छ । अझ कतिपय सडकमा त त्यो लागत पनि बढ्ने छैन । त्यसो हो भने हामीले त उनीहरुको आधारभूत अधिकार, सुरक्षित यात्राको अधिकार मै प्रहर गरेका रहेछौँ ।

काठमाडौँ लगायत कतिपय शहरमा निर्माण भएका व्हिलचेयर मैत्री सडकको अवस्था समेत दयालाग्दो छ । त्यसमा अरु कसैले कब्जा जमाएको छ ।

सरकारले योजनामा नै नपारेको होइन जस्तो लाग्छ सांकेतिक रुपमै सही तर कार्यान्वयन पक्ष शुन्य । अब प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउने हो कि त्यसको लागि ?

Motorhead

नेपालमा एक लाख किलोमिटर हाराहारी सडक बन्ने अवस्थामा छ । त्यो अत्यन्तै सकारात्मक पक्ष हो, त्यही पूर्वाधारमा रहेर अन्य विकासको कार्य आरम्भ हुनेछन् । यस्तो महत्वपूर्ण र गर्व गर्न लायक क्षेत्रमा कमजोर शारीरिक संरचना भएकाले गर्व गर्न नपाउने त !

काठमाडौँ लगायत कतिपय शहरमा निर्माण भएका व्हिलचेयर मैत्री सडकको अवस्था समेत दयालाग्दो छ । त्यसमा अरु कसैले कब्जा जमाएको छ । तिनै जनताले निर्वाचित गरेका जन प्रतिनिधिलाई यस्ता कुरा वाहियात लाग्न सक्छ । कस्ता मान्छे छान्यौं हामीले ।

हामी किन गरिव भयौं, हाम्रो उत्पादकत्व किन न्यून भयो, हाम्रा अर्बौं युवाशक्ति किन उत्पादकत्वमा जोडिएनन् ? त्यसका उत्तरमै आउछ दिगो, सुरक्षित र सबैको लागि हुने मोबिलिटी पूर्वाधार पनि । ती एक्लै काममा जान सक्ने भए, सहज कार्यक्षेत्रमा पुग्ने वातावरण भए, तिनको लागि अर्को साथी नचाहिने भए कति सुन्दर र सम्बृद्ध हुने थियो होला हाम्रो समाज ।

झट्ट हेर्दा यो एक व्यक्तिको समस्या लागे पनि सिङ्गो राष्ट्रकै हो । राष्ट्रले पनि उनीहरुको लागि थुप्रै आरक्षणको व्यवस्था गरेको छ । त्यो प्रशंसनिय छ । तर घर, सडक, कार्यालय, सार्वजनिक यातायात र सार्वजनिक स्थलमा सहज मोबिलिटीको व्यवस्था नभएर त्यो आरक्षण मात्र पखाला लागेको बिरामीलाई हड्डीको सुप पिलाए जस्तो त हुन्न ? जब कि जीवन जल चाहिएको छ उसलाई ।

पृथ्वी, जल, वायु, आकाश र अग्नि संसारका सबै प्राणीको साझा हो भनेर हुर्किएका हामी लाखौँ दाजुभाई, दिदी बहिनीहरुलाई सडक पनि प्रयोग गर्न नदिँदा खुशी हुन्छौँ त !

गोविन्द भट्टराई


Subscribe Now