तीन दिनमा १६ सय किलोमिटर ड्राइभिङ गरेँ

पछिल्लो समयका चर्चित गायक तथा संगीतकार हुन्– अर्जुन पोखरेल । उनका अधिकांश गीत हिटको सूचीमा छन् । गीत संगीतमा सक्रिय पोखरेल ड्राइभिङ पनि उत्तिकै सौखिन छन् । उनको ड्राइभिङप्रतिको सौख उनले प्रयोग गर्दै आएको गाडीमा केन्द्रित रहेर नेपाल अटोले उनीसँग गरेको अटोवार्ता:

अहिले कुन गाडी चढिरहनुभएको छ ?

यतिबेला मैले कियाको सेल्टस गाडी चढिरहेको छु । यो गाडी मैले तिहार अघि किनेको हुँ ।

कतिमा किन्नु भयो ?

मैले किन्ने बेलामा यसको बजार मूल्य ४९ लाख रुपैयाँ थियो । तर, यसको डेकोरेसन सबै गर्दा ५१ लाख रुपैयाँ जति पर्न गयो ।

यसभन्दा अघि कुन गाडी चढ्नुहुन्थ्यो ?

यसअघि करिव साढे २ वर्ष जति सुजुकीको बलेनो गाडी चढेँ । त्यसअघि चाहिँ मोटरसाइकल चढ्थेँ ।

मोटरसाइकल र कारमा यात्रा गर्दा कत्तिको फरक पाउनुभयो ?

राजधानीको सडक अनुसारका छिटो काम गर्नका लागि त मोटरसाइकल नै सहज हो तर, सुरक्षाको दृष्ट्रिकोणले गाडी ठिक हो । मैले मोटसाइकलमा असुरक्षा देखेर नै गाडी किनेका हुँ । मोटरसाइकलमा यात्रा गर्दा २ पटक दुर्घटनामा परेपछि गाडी किन्ने सोच बनाएँ । एकपटक बालुवाटार र अर्कोपटक भद्रकालीमा पछाडीबाट अरु नै हानिदिँदा म दुर्घटनामा परेको थिएँ । त्यति धेरै चोटपटक त लागेन तर, असुरक्षा भने धेरै नै देखेपछि गाडी किनेको हुँ ।

गाडी आफैं ड्राइभिङ गर्नुहुन्छ कि ?

आफैं गर्छु ।

ड्राइभिङ कसरी सिक्नुभयो ?

भुकम्प गएपछि म चितवन गएँ । त्यता लगभग २५ दिन बसेँ । त्यो फूर्सदको समय थियो । त्यसैले उत्तिकै किन बस्ने त भनेर घर नजिकैको ड्राइभिङ सेन्टरमा गएर ११ दिनको ड्राइभिङ कोर्स पुरा गरेँ । त्यसपछि कहिलेकाहिँ साथीहरुको गाडी चलाउँथे । यसरी नै गाडी चलाउन पर्फेक्ट भएँ ।

अहिलेसम्म कारमा सबैभन्दा लामो यात्रा कहाँसम्म गर्नुभएको छ ?

काठमाडौंबाट चितवन, विरगन्ज हुँदै मेचीसम्म पुगेको छु । त्यसपछि सिन्धुलीको बाटो हुँदै काठमाडौं आएको छु । यसरी तीनदिनमा १६ सय किलोमिटर एक्लै ड्राइभिङ गरेको छु ।

तपाईँलाई सेल्टसको मनपर्ने विशेषता के–के हो ?

मलाई त सेल्टरको लुक्स नै मनपर्छ । यसका अन्य पाटा भन्दा पनि सुरुमा लुक्स नै आकर्षित गरेपछि सेल्टक किनेको हुँ । यो बाहेक स्पोटी छ, फिचर्स, लक्जरियस, डिजाइन लगायतका कुरा मलाई मनपर्छ ।

राजधानीको ट्राफिक जामबाट कत्तिको हैरानी हुनुहुन्छ ?

यसको त कुरा नगरौं । म अहिले बुढानिलकण्ठ कस्छु । त्यहाँबाट महाराजगञ्ज आइपुग्न करिव ५ मिनेट लाग्छ । तर, ट्राफिक जामले गर्दा १ घन्टा पनि लाग्छ । त्यसैले ट्राफिक जामबाट निकै हैरानी छु ।

ट्राफिक कारवाहीमा पर्नुभएको छ कि छैन ?

अहिलेसम्म ट्राफिक नियम उल्लंघन गरेबापत भनेर जरिवाना तिरेको छैन ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...