यस्तो छ भारतमा हालै लन्च भएको अप्रिलिया एसएक्सआर १६० स्कुटर, नेपालमा समेत आउँदै

ISUZU

tvs-race
thee-go
yamaha-nepal

पियाजियो इन्डियाले हालै भारतमा अप्रिलिया एसएक्सआर १६० स्कुटर लन्च गरेको छ । सो स्कुटरको मूल्य १ लाख २५ हजार भारु तोकिएको छ । उक्त स्कुटर ग्लोसी रेड, मेट ब्लु, ग्लोसी ह्वाइट र मेट ब्ल्याकमा उपलब्ध रहेको छ । सो स्कुटरको उत्पादन बारामती प्लान्टमा गरिएको हो ।

अप्रिलिया एसएक्सआर १६० सन् २०२० अटो एक्सपोमा लन्च गर्ने योजना बनाइएको थियो । तर कोभिड–१९ को कारण लन्च हुन सकेन । सो स्कुटर हाल इटालियन कम्पनीको पोर्टफोलियो माथि रहेको छ । जबकि अप्रिलियाको प्रोडक्ट रेन्जमा एसआर १२५, स्ट्रोम १२५ र एसआर १६० समावेश रहेको छ ।

नयाँ एसएक्सआर १६० स्कुटर कम्पनीको एसआर १६० मा आधारित रहेको छ । यो स्कुटर निकै प्रिमियम रहेको छ । यसको लागि २० हजार भारु बढी तिर्नु पर्ने हुन्छ । यसमा लामो ब्ल्याक विन्डस्क्रिनको साथमा शार्प मोशन र एप्रन उपलब्ध रहेको छ । जसमा ¥यापराउन्ड ट्वीन एलईडी हेडल्याम्पको साथमा मोटरसाइकल भाइव पनि समावेश गरिएको छ । यसको रियरमा एलईडी टेलल्याम्प रहेको छ ।

नयाँ स्कुटर अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ । साथै मोबाइल कनेक्टिभिटीको विकल्प पनि रहेको छ । यसमा सिग्नेचर ग्राफिक्सको प्रयोग पनि गरिएको छ ।

Motorhead

पावर दिनको लागि सो स्कुटरमा बीएस६ नर्म्स भएको १६० सीसी तीन फ्युल इन्जेक्सन इन्जिनको प्रयोग गरिएको छ । जसले ७१०० आरपीएममा ११ पीएसको पावर जेनेरेट गर्छ । सो स्कुटरमा डिस्क ब्रेक र एडजस्टेबल रियर सस्पेन्सन पनि रहेको छ । साथै आरामदायक यात्राको लागि इर्गाेनोमिक्स पनि रहेको छ ।

नेपाली बजारमा समेत यो स्कुटर आगामी फेब्रुअरीमै उपलब्ध हुने बताइएको छ ।


Subscribe Now