tvs-race

बलिउड अभिनेता अमिताभ बच्चन एक पटक फेरि आफ्नो कारको लागि चर्चामा आएका छन् ।

उनले भारतकै सबैभन्दा महंगो मल्टी परपोज भेइकल अर्थात एमपीभी किनेका छन् । सो एमपीभी आफ्नो लक्जरी इन्टेरियर र शानदार फिचरका कारण विश्वमै लोकप्रिय छ ।

अमिताभ बच्चनसँग यो भन्दा पहिले देखि नै रेन्जरोभर अटोबायोग्राफी, रोल्सरोयस घोस्ट, मर्सिडिज बेन्ज एस क्लास र बेन्ट्ले कन्टेन्स्टल जीटी जस्ता शानदार कार समेत छन् ।

अमिताभ बच्चनले अहिले मर्सिडिज बेन्ज भी–क्लास खरिद गरेका हुन् । मर्सिडिज बेन्ज भी–क्लास हालसम्म भारतको सबैभन्दा महंगो एमपीभी मध्ये एक हो ।

यो भन्दा पहिले अमिताभले गत मार्चमा रोल्स रोयस फेन्टम बिक्री गरेका थिए । १२ बर्ष पहिले उनले यो कार उपहारमा पाएका थिए । सोसँगै उनले मर्सि्डिज किनेका हुन् । रोल्स निर्माता विधु विनोद चोपडाले चलचित्र ’एकलव्य’मा शानदार अभिनयको लागि गिफ्ट दिएका थिए ।

सन् २००७ मा आएको चलचित्र एकलव्यको सुटिङका क्रममा उनलाई महङ्गो कार उपहार दिइएको थियो । सो समय कारको मुल्य साढे ३ करोड भारतीय रुपैयाँ थियो । विग बीले हालै सो कार भारत कै नाम चलेका व्यपारीलाई बेचेका हुन् ।

भारतमा मर्सिडिज बेन्ज भी–क्लासका दुई भेरिएन्ट उपलब्ध छन् । एक्सक्लुसिभको मूल्य ६८ लाख ४० हजार र एक्स्प्रेसनको मूल्य ८१ लाख ९० हजार भारु पर्छ । यद्यपि उनले कुन भेरिएन्ट किनेका छन् भनेर जानकारी दिइएको छैन ।

यसमा विभिन्न हाई–एन्ड फिचर दिइएका छन् । यसको बीचको सिटलाई १८० डिग्रीसम्म घुमाउन र पछिल्लो सिटका यात्रीसँग वार्तालाप गर्न सकिन्छ । यसमा भएको एम्बिएन्ट लाइटिङ सिष्टमको कारण क्याबिनको लाइटको माध्यमबाट कारको एम्बिएन्ट परिवर्तन गर्न सकिन्छ ।

यसमा अडियो २० इन्फोटेनमेन्ट सिष्टम उपलब्ध छ, जसमा नेभिगेसन र मल्टिमिडिया जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

यसमा २.१ लिटरको बीएस–६ डिजेल इन्जिन छ, जसले १६३ पीएसको पावर र ३८० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ७–स्पिड अटोमेटिक ट्रान्समिसन छ । यो १०.९ सेकेन्डमै १०० किलोमिटर प्रतिघण्टाको स्पिड कुद्न सक्छ ।