मोटर शोको आकर्षण दुई सिटे इलेक्ट्रिक कार, बिना लाइसेन्स चलाउन सकिने

जेनेभामा जारी मोटर शोमा सिट्रोन एमी वान कन्सेप्ट कारले धेरैको ध्यान तानेको छ ।

उक्त सानदार इलेक्ट्रिक कारको कन्सेप्टले भविष्यमा यस्ता कार हुनेछन् भनी सबैलाई जानकारी दिइरहेको छ ।

एमी वानको लम्बाई २.५ मिटर, चौडाई १.५ मिटर र उचाई १.५ मिटर छ । यसको वजन ४२५ किलोग्राम छ ।

बक्सी डिजाइनयुक्त सो कारमा दुई सिट छन् । ड्राइभरतिरको ढोका पछिल्लो भागतिर र अर्कोतिरको ढोका अघिल्लो भागतिर खुल्छ । ढोकालाई लक र अनलक गर्नका लागि क्युआर कोड सिष्टम प्रयोग गर्न सकिन्छ ।

कारमा भ्वाइस कमान्ड र सनरुफ समेत उपलब्ध छ । यसमा प्रयोग भएको लिथियम आयोन ब्याट्री २ घण्टामै फुल चार्ज हुन्छ । एक पटक फुलचार्ज गर्दा सो कारलाई १०० किलोमिटर चलाउन सकिन्छ । यसको टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ ।

कम्पनीका अनुसार यो सानो इलेक्ट्रिक कारलाई १६ वर्ष वा सो भन्दा बढी उमेरका कुनै पनि ब्यक्तिले लाइसेन्स बिना पनि चलाउन सक्छन् । यसलाई क्वाड्रिसाइकलको वर्गमा राखिने भएकाले धेरै देशहरुमा लाइसेन्स नचाहिने बताइएको छ ।

थप जानकारीका लागि

जेनेभा मोटर शोमा आउदै छ यस्तो कन्सेप्ट इलेक्ट्रिक कार

Subscribe Now