आयो अल न्यु प्लेजर, २००६ पश्चात पहिलो अपडेट

हिरो मोटोकर्पले प्लेजर स्कुटरको नयाँ भर्सन लन्च गरेको छ । यसको मूल्य ४७ हजार ३ सय देखि ४९ हजार ३ सय भारु तोकिएको छ ।

त्यसैगरी हिरोको अल न्यु प्लेजर पहिलेको प्लेजर भन्दा डिजाइनमा धेरै फरक छ । सन् २००६ मा लन्च भए पश्चात यो पहिलो पटक अपडेट गरिएको हो ।

पहिले हिरो प्लेजरमा १०२ सीसीको इन्जिन प्रयोग गरिएकोमा हाल अझै शक्तिशाली ११० सीसीको इन्जिन प्रयोग गरिएको छ । यसले ८ बीएचपी पावर र ८ एनएम टर्क जेनेरेट गर्छ ।

नयाँ २०१९ हिरो प्लेजरमा बुट ल्याम्प, ओपन ग्लोभ बक्स, फ्रन्ट मोबाइल चार्जर, ड्युअल टेक्सचर सहितको लामो सिट, इन्टिग्रेटेड ब्रेकिङ सिष्टम आदि उपलब्ध छन् । सो स्कुटर विभिन्न ७ कलर अप्सनमा उपलब्ध छ ।

हिरो प्लेजरको प्रतिस्पर्धा होन्डा एक्टिभा आई, टीभीएस जुपिटर र यामाहा फेसिनो आदिसँग हुनेछ ।

Subscribe Now