tvs-race

खोई मलाई झुम्के बुलाकी, पोहोर पनि ढाट्यौं आमा, यसपाली पनि ढाट्यौं आमा र चौबन्दीमा पटुकी बाँधेको छैन भन्दैमा आदि गितकी गायिका आस्था राउतलाई नचिन्ने कमै होलान् । उनले दर्जनौं गित गाएकी छिन् । तर विशेष गरी यी गीतका हरफ सुन्दा जसले पनि आस्थाको अनुहार र स्वर सम्झीहाल्छन् । उनले गितमार्फत बच्चादेखि वृद्वसम्मका सबैलाई हसाँउन, नचाउन सक्छिन । उनको गित सुनेर नरामाउने कमै होलान् । यी सबै गित आधार एल्बममा समावेश भएका छन् । आधार एल्बमले उनलाई थप उचाईमा पु¥याउन सघाउ पु¥याएको छ ।
 
आस्था भन्छिन्, ‘स्टेजमा हिट गिटहरु मात्र गाउँछु, जुन पायो त्यति गित गाउँदैन । म गाउँनेमा एकदमै चुजी छु ।’ उनले हालसम्म ४० को हारहारीमा गित गाईसकेकी छिन् । आफ्नै एल्बम, अरुको एल्बम, रिमिक्स सबै गरेर ४० गित गाएको उनी सुनाउँछिन् । ‘कति गित आउन बाँकी छ, कति गित आए त्यतिकै हराएँ ।’उनले आफ्नो अनुभव सुनाईन् । भन्छिन्,‘ म डिडिकदेखि भल्गर, कम्पोजिसन सबै हेर्छु । भरसक भल्गर गाउँदैन् । कुनै नयाँ गित आयो भने म डमी ल्याएर आएर घरमा बाबाममीलाई सुनाउँछु । उहाँहरुले स्वीकृति दिएपछि मात्र गाउने गर्दछु ।’ गितको संख्या भन्दा गितको गुणस्तरीयतामा उनको बढी विश्वास छ । उनी बाल्यकालदेखि नै म्युजिकमा लागेकी हुँन् । घरको पारिवारिक वातावरण नै संगीतमय छ ।

 गायक तथा रचनाकार हरिबहादुर राउत र रचनाकार साबित्री राउतको उनी एक्ली सन्तान हुन् । घरमै सांगीतिक वातवरणले भएकाले पनि आफ्नो करिअरमा सफलताको सिढी चढ्दै गएको उनको बुझाई छ । आमाबाबुसँगै उनले आफ्ना गुरु सुरेश अधिकारीको प्रेरणा, सहयोग र साथलाई बिर्सदैनिन् । उहाँहरुको आर्शिबाद र साथले यहाँसम्म आउन सफल भएको उनी बताउँछिन् । १०, ११ वर्षको हुदाँखेरी नै उनले गीत गाउन थालेकी थिइन् । त्यसपछि उनी सुरेश अधिकारीले सञ्चालन गर्नुभएको मिलन म्युजिकल विद्यामन्दिर स्कुलमा भर्ना भइन् ।

गायन क्षेत्रमा आउनुअघि उनी पहिला डान्स गर्थिन् । बाल्यकालमा उनको डान्सतिर विशेष रुचि थियो । अहिले डान्सतिर उनको रुचि त्यति छैन् ।

उनले गीत गाएर धेरैलाई हसाँइन, धेरैलाई नचाइन, अब रुवाउन मन लागेको बताउँछिन् । उनी भन्छिन्, ‘मलाई यस्ता गीत सुहाउछन् । जुन गीत गाउँदा युवाहरु अब रमाउने, नाच्ने, हाँस्ने होइन्, रुने छन् । आफ्नै गीत गाएको फिलिङ गर्ने छन् ।’ उनी भन्छिन्, ‘म गोपाल योन्जनको गित गाउन चाहन्छु । उहाँका गित मलाई साह्रै मन पर्छ’ तर त्यसका लागि प्रक्रिया अगाडि बढाएको बताउँछिन् । ‘उहाँको गित गाउन पाए हुन्थ्यो भन्ने लागेको छ । उहाँको सिर्जना मलाई साह्रै मन पर्छ । मलाई सुट हुन खालको गित भयो भने म आफूलाई भाग्यमानी सम्झने थिएँ । मेरो लागि गिफ्ट नै हुने थियो ।’ उनले आफ्नो अपेक्षा व्यक्त गरिन् ।

 दशजोड दुई कक्षादेखि नै पत्रकारिता पढ्न थाले । अहिले पनि पत्रकारिताको विद्यार्थी हुन् । पत्रकारिता क्षेत्रमा डिग्री हासिल गर्दैछिन् । मास कम्युनिकेशन र मुख्य अंगे्रजीबाट उनले स्नातक सिध्याएकी हुन् ।

आधार एल्बम गरेको एक वर्ष भयो । ल्होसार कार्यक्रमको अवसरमा उनी बेलायत गइन् । त्यस्तै फेब्रुअरी अन्त्यतिर अष्टे«लिया र कोरिया जाने कार्यक्रम तय भएको छ । त्यस्तै नेपालभत्रि विभिन्न महोत्सवमा व्यस्त भएको उनले सुनाइन् । उनी धेरै जसो कतार, युएईमा धेरैचोटी गएको सुनाइन् । त्याहाँको नेपाली समाजले बारम्बार सम्झिरहेकोमा खुसी व्यक्त गर्छिन् । कार्यक्रम लिएर ७ वटा देशमा गइसकेकी छिन् । त्यस्तै २५ बढी देश घुमिसकेको उनले बताइन् । भन्छिन्,‘व्यस्तताले नयाँ एल्बम निकाल्नेबारे सोच्न पाएको छैन्, केही समयपछि एल्बम निकाल्ने कि भन्ने सोच भने पलाएको छ । ’

आस्थाले ४ वर्ष अघि स्नातक अध्ययन गर्दा नै स्कुटर चलाउन थालेकी हुन् । उनी होन्डाको डियो स्कुटर चढ्छिन् । यो पूरानो लटको हो । उनलाई नयाँ लटको स्टाइल त्यति मन पर्दैन । पूरानोको स्टाइल राम्रो लाग्ने र । अहिलेको नयाँ भन्दा आफ्नो कन्डिसनमा रहेकाले तत्काल अरु परिवर्तन गर्ने सोच छैन उनको । भन्छिन्, ‘अरुअरुले नयाँ किन भनीरहेका हुन्छन्, तर मलाई आफ्नै स्कुटी प्यारो लाग्छ । कन्डिसन राम्रो छ, काम राम्रो चलेको छ भने किन परिवर्तन गर्नु भन्ने लागेर नै यहीँ स्कुटर चढिरहेकी छु ।’ ४६, ४७ र ४८ लटको भन्दा आफ्नो स्कुटर राम्रो रहेको उनी दाबी गर्छिन् । पिकअप एंव राम्रो कन्डिसनमा भएकाले डियो स्कुटर नै उनको रोजाई बनेको हो ।
 
अब स्कुटरमा पनि अपग्रेड भएर स्पोर्टी खाले चढ्ने सोच छ । युरोप जादाँखेरी, विशेष गरी डेनमार्कको कोपनहेगनमा हेर्दा बाईक जस्तो लाग्ने हेभी खाले स्कुटर देख्दा चलाउ जस्तो लागेको थियो रे । नेपालमा त्यस्तो स्कुटर आउन समय लाग्ला । ‘तत्काल आएमा त त्यो स्कुटर नै चढ्ने थिएँ’ उनले भनिन् । भारतमा कार्यक्रममा गएको बेला उनले यस्तै स्कुटर देखिन् र यसको मूल्य पनि सोधिन् रे । यसको मूल्य ५९ हजार भारतिय रुपैयाँ पर्दोरहेछ । एकदमै राम्रो लागेको थियो रे । सुजुकीको त्यस्तो स्कुटर यहाँ आउँदा झण्डै झण्डै तीनचार लाखको हारहारी पर्न सक्छ । त्यसैले यो नेपालका लागि उपयुक्त नहुन सक्छ । चिप एन्ड बेस्ट र कन्डिसन पनि राम्रो भएकाले तत्काल नयाँ परिवर्तन गर्ने सोचमा उनी छैनिन् ।

दुर्घटनाको मुख्य कारण चलाउने व्यक्तिको लापरवाही नै हो । १८ वर्षदेखि ३५ वर्ष उमेरका युवाले बढी लापरवाही ढंगले चलाउने गरेका छन् । चालक एकदमै सजग भएर चलाउनुपर्छ । विशेषरुपमा हाम्रा युवाहरुले लापरवाही तरिकाले बाइक चलाउने गरेका छन् । दुवैतर्फबाट ओभरटेक गर्ने परिपाटीले पनि दुर्घटना बढेको छ । तर बाइकले दायाँ,बायाँ जताततै पेल्न खोज्ने भएकोले त्यसो गर्न नहुने उनको सुझाव छ । आफ्नो हिसाबले चलाउने, ऐना पनि राम्रो कन्डिसनमा नराख्ने, प्रवृति बढेको, यस्तै म्युजिकमा ध्यान दिने तथा बाटोमा ध्यान नदिने प्रवृतिले गर्दा दुर्घटना बढी हुने गरेको उनी बताउँछिन् । माइक्रो, ठूलो माइक्रो हाइसहरु र नेपाल यातायात, बसहरु आपसमै प्रतिष्पर्धा गर्ने गरेकोले उनीहरुको चेपुवामा मोटरसाइकल, स्कुटीवाला पर्ने गरेको आस्थाको बुझाइ छ ।

भन्छिन्, ‘मैले कतिपटक भोगेको छु । माइक्रो, बसहरुले पेलेर, अनावश्यकरुपमा हर्न बजाएर हामीलाई तर्साउने गर्छन् । उनीहरुको आपसको होडबाजीमा हामी चेपुवामा पर्ने गरेका छौं ।’ सार्वजनिक सवारी साधनको दुईचार रुपैयाँ, दुईचारसयको लोभले बाइकवालाको एक्सिडेन्ट हुन सक्ने खतरा रहेको उनी बताउँछिन् । उनीहरुले अर्काको जिन्दगी नै जोखिममा पारी गाडि चलाउने गरेको उनको अनुभव छ ।
 
‘लामो दुरीको सवारी साधनमा पनि मापसे चलाएर यात्रा गर्ने, लोभरलोड गर्नुपर्ने, ओभरटेक गर्ने गरेका छन् । ओभर कन्डिफेन्ट भई गाडी चलाउने गर्नाले पनि दुर्घटना भएका छन् । मानवीय गल्तीले धेरै दुर्घटना भइरहेको छ । आफू सही बाटोबाट आएको भएपनि पछाडीबाट तथा अगाडिबाट आएर किचिदिने परिपाटी पनि बढेको छ ।’ उनी भन्छिन्

मान्छेको प्रवृति, सोचाई, मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन जरुरी छ । होडबाजी गर्ने, बाइक रेस गर्ने, केटी मान्छेभन्दा ठूलो मान्छे बन्न खोज्ने एवं पुरै स्पिडमा चलाउनुपर्ने भएकाले अहिले धेरै अनाहकमा दुर्घटनाका सिकार भएको उनको अनुभव छ ।
 
ट्राफिकले लाइसेन्स र मापसे भन्दा अरु हेर्दन् । मापसेको नजरले मात्र चेकिङ गरेर केही हुनेवाला छैन् नेपालमा । मापसे नगरेकाहरु पनि दुर्घटना भएर मरेका छन् । केही रक्सी खाएर आफ्नोसँगै अरुको ज्यान जोखिममा पार्ने गरेका छन्, त्यस्तालाई कडाई गर्नुपर्छ । मुख्य कुरो त नियम पालनमा कडिकडाउ गर्नुपर्छ ।
 
मान्छे असभ्य भए । कानुन भनेको कानुन नै हो । कानुन सबैले मान्नुपर्छ । लाइट सिष्टम देखाउन मात्र होइन । सिष्टममा चलाउन सक्नुपर्छ ।