बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ।नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वानवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड जियाङ्सु (चीन)बीच मंगलबार ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो।
एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ।
एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच/पाँचवटा काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा आवश्यकता भएका स्थानहरूमा राखिनेछ ।
प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । एकै पटकमा तीनवटा सवारी साधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् । ५० वटा स्टेसनलाई विद्युत् आपूर्तिको अवस्था हेरी सञ्चालन गरिँदै जाने प्राधिकरणको योजना छ ।
चार्जिङ स्टेसन सुविधा सम्पन्न हुनेछन् । मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने छ । प्राधिकरणका अनुसार सवारी साधन चार्ज गर्ने अवस्थामा पुगेपछि पालो कुरेर बस्नु पर्दैन । सवारी साधनले आफ्नो सुविधाअनुसार पहिल्यै मोबाइल एप्सबाट समय बुक गर्ने व्यवस्था मिलाइने भएको छ ।
चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारी धनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्ने छ । कति मिनेटसम्म वा कति रुपियाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन ।
५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाटै हुनेछ । स्टेसनमा यात्रुहरू फ्रेस हुन खेल तथा खाना, खाजाको व्यवस्था हुनेछ । खाजा खाना खाने समयमा जार्च गर्न सकिने भएकाले यात्राको समय बढी खर्च हुँदैन ।
प्राधिकरणले चार्जिङ स्टेसन निर्माण लागि एक वर्षअघि स्थानहरू उपलब्ध गराउन सूचना जारी गरेको थियो । पार्क, सपिङ मल तथा खुला स्थानहरूमा चार्जिङ स्टेसन निर्माण गरिने बताइएको छ ।
स्टेसन निर्माणका लागि जग्गा उपलब्ध भइसकेको र केही शपिङ मल तथा होटलहरू तयार रहेको प्राधिकरणले जनाएको छ । सम्झौता भएको छ महिनामा निर्माण कार्य सकिनेछ ।
३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ।
चार्जिङ स्टेसन मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा राखिने छ। काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिनेछ।
१ नं प्रदेशका झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन्।
२ नं प्रदेशको पर्साको विरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर,धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन्।
वाग्मती प्रदेशको धादिङको मलेखुमा २, बीपी राजमार्गको सिन्धुलीमा २,मकवानपुरको हेटौंडामा २, चितवनको भरतपुरमा २ तथा मुग्लिङ/कुरिनटारमा ४ र काभे्रको बनेपामा १ वटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन्।
गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली,स्याङजामा १÷१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन्।
लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसनहरु रहने छन्। बाँकेको नेपालगञ्जमा १, दाङको भालुवाङ तथा दाङमा १/१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट/सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने छन्।
कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहनेछन्। कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन रहनेछन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...