हिरोको खस्किदो बजार उकास्दै एक्सपल्स २००, नेपाली बजारमा माग धान्नै समस्या

ISUZU

thee-go
yamaha-nepal
tvs-race

केही समय पहिले ३ लाख ८५ हजार रुपैयाँ मूल्य तोकिएको हिरो एक्सपल्सको मूल्य अब ३ लाख ८८ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा हिरोका बाइक बिक्री–वितरण गरिरहेको नेपाल जनरल मार्केटिङ प्रालिले हालै प्रकाशित गरेको मूल्य सूचीमा यसको नयाँ मूल्य समावेश गरेको छ ।

हाल हिरोको सबैभन्दा चर्चित बाइकको रुपमा एक्सपल्स २०० रहेको छ । नेपाली बजारमा माग अनुसार सो बाइक उपलब्ध हुन सकेको छैन । केही बर्षयता नेपाली बजारमा हिरो मोटरसाइकलको बजार खस्किरहेको थियो ।

होन्डा र हिरो छुट्टिएपछि खासै नयाँ मोडल सार्बजनिक गर्न नसकेको यसको आधिकारिक बितरक नेपाल जेनरल मार्केटिङले पुरानै मोडललाई निरन्तरता दिनु परेको थियो । बीचको समयमा डुएट, डेस्टिनी र माएस्ट्रोे स्कुटर सार्बजनिक गरेपनि यी उत्पादनमा राइडर्सको आकर्षण बढ्न सकेन । यो अबधिमा कम्पनीको सेल्स केबल स्प्लेन्डर र एक्सट्रिम बाइकले मात्र धान्नुपरेको थियो ।

उता भारतिय बजारमा सार्बजनिक लगत्तै बजारमा धुम मच्चाउन सफल एक्सपल्स मोडलले हिरोको साख उच्च बनाईरहँदा यो मोडल नेपाल नभित्रिने समाचारहरु आइरहेका थिए । यस्तो अबस्थामा हिरोको बजार नेपालमा संकटउन्मुख बनिरहेको थियो । प्रतिस्पर्धि कम्पनीहरुले नयाँ नयाँ मोडलका मोटरसाइकल र स्कुटर सार्बजनिक गरिरहँदा एनजिएम भने एक्सपल्स भित्र्याउन भित्रभित्रै पहल गरिरहेको थियो ।

भारतिय बजारमा कारोबार शुरु भएको लामो समयपछि अन्ततः एक्सपल्स नेपाल भित्रिन सफल भयो र यसले बिस्तारै हिरोको खस्कदो बजारलाई माथि उठाउन थालेको छ ।

के छ एक्सपल्समा बिशेष
डर्ट बाइक भनिएपनि बास्तबमा एक्सपल्स सेमी डर्ट अर्थात सेमी अफरोड बाइक हो । पछिल्लो समय जसरी कार पारखीहरु सेडान र ह्याचब्याकबाट युटिलिटी अर्थात एसयुभी गाडीमा आकर्षित भैरहेका छन्, त्यसैगरी राइडरहरु पनि कम्युटर अर्थात सिटी बाइकबाट अफरोड अर्थात डर्ट बाइकमा सिफ्ट हुन थालेका छन् ।

अफरोड बाइकको बजार पछिल्ला दिनहरुमा बिश्वभर बृद्धि हुँदै जानु र प्रायः सबैजसो टु ह्विलर कम्पनीहरुले अफरोड बाइ्क समेत उत्पादन गर्न थाल्नुबाट पनि यो तथ्यलाई थप पुष्टि गर्दछ ।

साना र कम सीसी क्षमतामा एकछत्र बजार लिन सफल हिरोले अबको बजार अफरोड बाइकको देखेपछि एक्सपल्स सिरिज उत्पादन थालेको सहजै अनुमान लगाउन सकिन्छ । भारत र नेपालमा एक्सपल्स सिरिजमा बढ्दो आकर्षणले उसको यो निर्णय सफल समेत भैरहेको प्रमाणित हुन्छ ।

Motorhead

अघिल्लो बर्ष आयोजना भएको नाडा अटो शोमा सार्बजनिक गरिएको एक्सपल्स अटो शो सकिएलगत्तै नेपाली बजारमा भित्रिएको थियो । त्यसपछि यो बाइकमा युवाहरुको आकर्षण बढ्दै जान थालेको छ । नेपालको अधिकांश बाटो अफरोडयुक्त हुनु र त्यस्ता सडकमा उच्च ह्विलबेसयुक्त एक्सपल्सले राम्रो पर्फमेन्स दिन थालेपछि राइडर्स यसमा आकर्षित भएका हुन् । त्यसमाथि यसमा उपलब्ध गराइएका नवीनतम फिचर्स, सुलभ मूल्य, उच्चतम माइलेज र आकर्षक डिजाइनका कारण यो बाइक लोकप्रिय बन्दै गएको हो ।

अफरोड बाइक सेग्मेन्टमा यसअघि होन्डा एक्सआर, क्रसफायर, यामाहा एक्सटीजेड लगायत अन्य चिनियाँ ब्रान्डका सीमित ब्रान्डका बाइकहरुको मात्र उपस्थिति रहेको थियो । यी बाइकको मूल्य उच्च पर्ने हुँदा जोकोही राइडरले सहजै खरिद गर्न सक्ने अबस्था थिएन ।

तर २ सय सीसी क्षमताको एक्सपल्स ३ लाख ८५ हजार रुपैयाँमै खरिद गर्न पाइने भएपछि राइडर यसमा झुम्मिन थालेका हुन् । जबकी होन्डा एक्सआर १५० को मूल्य ४ लाख ८५ हजार रुपैयाँ पर्छ । मूल्य कम भएपनि यो बाइकको लुक्स, डिजाइन र पावर तथा पर्फमेन्समा कुनै सम्झौता नगरिएको प्रष्ट देखिन्छ ।

यो बाइकको इन्जिनले १८ दशमलब ४ बिएचपी पावर तथा १७ दशमलब १ एनएम टर्क जेनेरेट गर्छ । जुन बजारमा उपलव्ध यही सेग्मेन्टका प्रतिस्पर्धि ब्रान्डका अन्य बाइकको तुलनामा केही उच्च समेत रहेको छ ।

बाइकमा राइडरको सुरक्षाका लागि बिशेष ध्यान दिइएको छ । यसको सिटमा ननस्लिपर टेक्सटायल प्रयोग गरिएको कारण चालकलाई चिप्लिनबाट जोगाउँछ । ५ स्पिड ट्रान्समिसन, एलइडी हेडल्याम्प, पूर्णत डिजिटल जिपिएस नेभिगेसन सहितको डिस्प्ले, ठूलो सिट र रबर प्याडहरुको साथ सामान राख्ने प्लट यसमा रहेका छन् । सिटमुनि मोबाइल चार्ज गर्न मिल्ने सुबिधासहितको चार्जिङ पोर्ट समेत दिइएको छ ।

 


Subscribe Now