बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
होन्डाले चाँडै नै होन्डा सीबी५००एक्स एड्भेन्चर टुरर बाइक लन्च गर्ने भएको छ । सो बाइक अप्रिल २०२१ मा लन्च गर्ने सम्भावना रहेको छ । होन्डाले ठूला बाइकका लागि उपलब्ध गराएको प्रिमियम डिलरसिप होन्डा बिगविङको माध्यमबाट यसको बिक्री गरिने छ ।
सो बाइकमा पावर दिनको लागि ५०० सीसी ट्विन इन्जिन समावेश गरिएको छ । जसले ४७ पीएसको पावर र ४३ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा स्लिपर क्लचको साथमा ६ स्पिड ट्रान्समिसनको सुविधा रहेको छ ।
सो नयाँ होन्डा बाइक लगभग ६ लाख भारुमा बिक्री हुने अनुमान गरिएको छ । फिचरको लागि सो बाइकमा फुल एलईडी लाइटिङ, ड्युअल च्यानल एबीएस, फुल डिजिटल एलसीडी डिस्प्ले, ड्युअल ट्रिप मिटर, फ्युल लेबलको साथै गियर पोजिसन इन्डिकेटर समावेश गरिएको छ । होन्डा सीबी५००एक्सको तौल १९७ किलोग्रामको रहेको छ । यसको उचाई ८३० एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ ।
सीबी५०० एक्सको फ्रन्टमा ४१ एमएम प्रिलोड एडजस्टेबल टेलिस्कोपिक फ्रन्ट फोर्क र रियरमा मोनोसक सस्पेन्सन रहेको छ । बाइकको फ्रन्टमा ११०/८० आर१९ टायर र १६०/६० आर१७ सेक्शन ड्युअल स्पोर्ट टायर रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...