tvs-race

मनाङ र मुस्ताङ, अनि यसको आसपास । पछिल्लो समयमा राइड कल्चरमा रमाउने नेपाली युवा र विदेशी पर्यटकहरुका लागि समेत यी डेस्टिनेसन निकै नै आकर्षण बनेका छन् ।

दसैं तिहारको छेको पारेर यो क्षेत्रमा घुमफिर गर्ने विदेशी मात्र होइन, नेपाली आन्तरिक पर्यटक समेत निकै नै बढेका छन् । घुमफिरका लागि विशेष गरी डर्ट बाइक र अफरोड गाडी प्रयोग गर्ने प्रचलन निकै नै बढेको छ । उनीहरु विशेष गरी समूहमा र कतिपय एक्लै समेत यात्रा गर्ने गरेका छन् ।

नेपालमा भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना भएका यस्ता एड्भेन्चर राइडले नेपालको पर्यटन क्षेत्रमा सघाउ पु¥याउने विश्वास उनीहरुको छ ।

दसैंको आसपासमा बीएमडब्ल्युका ४ बाइकमा सौरभ जेबी राणा, प्रमेश कार्की, प्रमोद श्रेष्ठ ‘गुफी’ र सिन हायस अपर मुस्ताङ पुगे । उनीहरु मुस्ताङका विभिन्न स्थान पुगेर रमाउदै र तस्बिरहरु सेयर गर्दै आफ्नो यात्रालाई टुंग्याए । यी मध्ये सौरभ बीएमडब्ल्यु बाइकको नेपालका लागि आधिकारिक वितरक बीएमडब्ल्यु मोटरार्डका अध्यक्ष समेत हुन् भने अन्य केही ग्राहक ।

‘अथेन्टिक मुस्ताङ’ नामक अभियानमा महिन्द्रा एड्भेन्चर प्रारम्भ भएको छ । उक्त यात्रामा १७ वटा महिन्द्रा थार र स्कोर्पियो गाडी सम्मिलित छन् । गाडीमा ४० जना भारतीय तथा केही नेपाली मिडियाकर्मी र अफिसियलहरु रहेका छन् । काठमाडौंको गौशालाबाट सुरु भएको उक्त एड्भेन्चर ड्राइभ पोखरा, बेनी, मार्फा, जोमसोम, मुक्तिनाथ हु“दै उपल्लो मुस्ताङको लो मन्थाङ्सम्म पुग्नेछ ।

१० दिन लामो यस अफरोड एड्भेन्चर ड्राइभबाट सहभागीहरुले नेपालको बिकट क्षेत्रको बाटामा लामो ड्राइभिङको अनुभव गर्नुका साथै उत्कृष्ट प्राकृतिक सौन्दर्यको रसास्वादन संगाल्ने कम्पनीले विश्वास लिएको बताइएको छ ।

भारतका विभिन्न सहरहरुमा मासिक रुपमा संचालन हुने यस्ता एड्भेन्चर कार्यक्रम छिटै महिन्द्राले नेपालमा पनि सुरु गर्ने कुरा महिन्द्रा नेपालका कन्ट्री म्यानेजर चैतन्य कागलकरले जानकारी दिए ।

बीएल–मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको सयुक्त आयोजनमा पहिलोपटक काठमाडौंको पशुपतिनाथदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोसम्म बुलेट बाइक यात्रा गरिएको छ । गत शुक्रबार नै उक्त टोली काठमाडौंको पशुपतिनाथबाट फोक्सुन्डो यात्राका लागि प्रस्थान गरेको थियो । रोयल इन्फिल्ड अर्थात बुलेट बाइकमा प्रस्थान गरेका उनीहरुलाई पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले विदाई गरेका थिए ।

काठमाडौंबाट हिडेको राइडरको टोली पहिलो दिन दाङ, दोस्रो दिन जाजरकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्ने कार्यक्रम थियो । त्यसपछि टोली फोक्सुन्डाको यात्रामा लागेको आयोजक क्लवका अध्यक्ष प्रकाश लिम्बुले बताए । यसमा १२ वटा मोटरसाइकल छन् । नासा बुलेट क्लबले हालै काठमाडौंबाट भारतको लद्दाख सम्मको बुलेट राइड समेत गरेको थियो । यो भन्दा पहिले यस्तै राइड मुस्ताङको कोरला नाका सम्म पुगेको थियो । यही क्लबले करिव दुई वर्ष पहिले तिलिचो तालको यात्रा समेत गरेको थियो ।

यामाहाका एक्सटीजेड अफरोड बाइकमा गत शनिबार बाइकर मुस्ताङका लागि प्रस्थान गरे । यामाहाको ‘¥याली फर रेन्जर्स नेपाल २०१९’ नाम दिइएको उक्त ¥यालीमा विभिन्न देशका राइडरहरु यही क्षेत्रमा पुगे ।

निपुण शाक्य, रुपेन्द्र कायस्थ र सरिता अधिकारीले स्टार्ट अप कम्पनीको रुपमा डुलुवा डटकम स्थापना गरेको करिव एक वर्ष भयो । उक्त स्टार्ट अप कम्पनीले किङ्स कलेजले आयोजना गरेको सोसियल बिजनेस च्यालेन्ज २०१९ अन्तर्गत ट्राभल इनोभेसनतर्फ पहिलो पुरस्कार समेत पाएको थियो । यही कम्पनीका प्रतिनिधिहरु र अन्य गरी ९ जना केही दिन पहिले तिलिचो ताल पुगे । उनीहरु चामे सम्म गाडीमा र त्यसपछि करिव ५ दिन लगाएर हिड्दै, तस्बिर र भिडियो खिच्दै तिलिचो पुगेका थिए ।

डुलुवाका रुपेन्द्र कायस्थ भन्छन्, ‘हामी विदेशी र नेपाली स्थानीयलाई नयाँ स्थानमा घुमाउनका लागि अनुसन्धान र त्यसको व्यवस्थापन गर्छौ । यसका लागि विभिन प्याकेजहरु पनि बनाएका छौ । विशेष गरी डेस्टिनेसन रिसर्च गर्छौ ।’ उनीहरुले यसै सन्दर्भमा बौद्ध स्तुपा कम्युनिटी हस्पिटल र देउराली जनता फर्मास्युटिकलको समन्वयमा चामे र धारापानीमा हेल्थ क्याम्पको समेत आयोजना गरेका थिए ।

एक प्रसिद्ध बाइक कम्पनीमा कार्यरत राइडर सुवाश कटवाल यही समयमा सोलुखुम्बुको पिके पिक सम्म पुगे । करिव ४ हजार ६० मिटर अग्लो सो स्थानमा पुग्नका लागि उनका साथमा १५ जनाको समूह थियो । कटवालले क्रसफायर एक्सजेड २५० आरआर बाइक प्रयोग गरेका थिए । अन्यले विभिन्न कम्पनीका बाइक प्रयोग गरे । उनीहरु काठमाडौंबाट २ सय ९० किलोमिटरको दुरीमा बाइकमै पुगेर फर्किएका छन् ।