आउँदै छ फाइभजी प्रविधि : यसरी हुनेछ ड्राइभिङ एक्सपेरियन्समा परिवर्तन
फोरजी पछि अब नेपालमा पनि फाइभजीको चर्चा शुरु भएको छ । नेपाल टेलिकमले...
नेपाल जस्तो भौगोलिक विविधता रहेको मुलुकमा सडक यातायात नेपालीहरुका लागि विकल्पविहीन बनेको छ भन्दा सायद अत्युक्ति नहोला । आवश्यकता अनुरुपको रेल मार्गको विस्तार र सन्चालन नभएको, जलमार्गको खासै सम्भावना नभएको, केवलकारहरुको बिकास शिशु अवस्थामा रहेको र हवाई मार्ग अधिकांश नेपालीको पहुँच बाहिर रहेकाले सडक यातायात नै एक मात्र भरपर्दो यात्राको माध्यम बनेको छ । यद्यपि, अहिले नेपालमा लगातार सवारी दुर्घटनाहरू बढिरहेको छ, जसबाट धेरै धनजनको क्षति भएको छ ।
साँघुरा घुमाउरा सडक छन् र अधिकांश सडक खराब अवस्थामा छन् तथा अपर्याप्त छन् । सडक यातायात असुरक्षित बन्दै गइरहेकोले सवारी दुर्घटना दिनहुँ बढिरहेको छ । दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या ह्वात्तै बढेको छ । सवारी दुर्घटनामा अकाल मृत्युवरण गर्नु, अपांग भएर बाँच्न विवश हुनुका पछाडि धेरै कारणहरु रहेका छन् ।
दुर्घटना भनेको कुनै पनि आकस्मिक, कल्पना भन्दा बाहिरको वा नसोचेको घटना हो, जसले धनजनको हानि वा क्षति गराउँदछ । यसैगरी दुर्घटनालाई एक्कासी वा अपर्झट आइपर्ने कष्टपूर्ण र अशुभ घटनाको रुपमा लिइन्छ । दुर्घटना काबु बाहिरको घटना हो भनिए पनि मानवीय, यान्त्रिक, भौतिक, भौगोलिक कारण वा बेवास्ता, उपेक्षा, लापरबाही र दुई वा दुई भन्दा बढी पक्षहरुको कमजोरीका कारणले हुने गर्दछ । यसरी हुने सवारी दुर्घटना र यसबाट हुने आर्थिक क्षतिबाट बच्न सवारी साधनको बिमा गरिएको हुन्छ । यदि दुर्घटना भैहालेमा बिमा दाबीका लागि प्रहरी कार्यालयबाट दुर्घटना सिफरिस कसरी लिने ?
आउनुहोस् हामी यसबारे चर्चा गरौं
दुर्घटना हुने बित्तिकै दुर्घटनाको सम्बन्धमा नजिकको प्रहरी कार्यालय तथा आफ्नो सवारीको बिमा गरिएको बिमा कम्पनीलाई खबर गर्ने ।
जानकारी प्राप्त गर्ने बित्तिकै प्रहरीद्रारा घटनास्थलको बारेमा स्थलगत अवलोकन गर्नुका साथै घटनास्थलको फोटो, स्केच तथा घटनाका पीडित र पीडकका बीच जानकारी लिने कार्य तथा समन्वय गर्दछ ।
त्यस्तै, प्रहरीले पीडित र पीडकका बीच आपसी छलफल गराउँदा, घटनाका दुबै पक्ष आपसी सहमतिमा आएमा मिलापत्र गराउने कार्य गर्दछ ।
आपसी सहमतिमा मिलापत्र पश्चात प्रहरीलाई सवारीसँग सम्बन्धित सबै कागजपत्रहरू जस्तै ः( सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने फोटो, सवारी चालक अनुमति पत्रको फोटोकपी, सवारी दर्ता कितावको फोटोकपी, मिलापत्रको फोटोकपी उपलब्ध गराउने ।
प्रस्तुत कागजपत्र प्रहरीलाई उपलब्ध गराए पश्चात दुर्घटना सिफारिस गरीपाउँ भन्ने निवेदन पेश गर्ने । यो निवेदन अनलाइनबाट, आफैले लेखेर वा प्रहरी कार्यालयमा उपलब्ध हुने निवेदन फर्मेटमा भरेर दिन सकिन्छ ।
तपाईको यो आवश्यक कागजपत्र सहितको निवेदन पश्चात ट्राफिकरप्रहरीले दुर्घटना अभिलेखका आधारमा दुर्घटना प्रमाणित गरी दुर्घटना सिफारिस पत्र दिने गरिन्छ ।
ट्राफिकरप्रहरीको यही दुर्घटना सिफारिस पत्र बिमा कम्पनीलाई बुझाएर बिमा दावी फर्छ्यौटको प्रक्रियामा अगाडि बढाउन सकिन्छ ।
विष्णु थापा
वरिष्ठ प्रहरी नायव निरीक्षक
फोरजी पछि अब नेपालमा पनि फाइभजीको चर्चा शुरु भएको छ । नेपाल टेलिकमले...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व...
काठमाडौं– काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...