नेपाली बजारमा भित्रियो एबीएस र कनेक्टेड फिचर सहितको टीभीएस अपाचे आरटीआर १६० फोरभी

ISUZU

tvs-race
yamaha-nepal
thee-go

काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा टीभीएसको एबीएस र कनेक्टेड फिचर सहितको अपाचे आरटीआर १६० फोरभी भित्रिएको छ । आज एक कार्यक्रमका बीच टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालले सो बाइक सार्वजनिक गरे ।

सो अवसरमा अग्रवालले नेपाली युवा राइडरहरुको चाहनालाई पुरा गर्ने गरी सो बाइक नेपाली बजारमा उपलब्ध गराएको र यो नेपाली सडक सुहाउदो भएको बताए । यसमा भएका विभिन्न कनेक्टेड फिचरका कारण यसलाई युवा राइडरहरुले मन पराउने र टीभीएसका अन्य बाइक जस्तै यो बाइक पनि नेपाली बजारमा लोकप्रिय हुने विश्वास ब्यक्त गरे ।

नेपाली बजारमा यस अघि नै यो बाइक सिंगल डिस्क र डबल डिस्क भेरिएन्टमा उपलब्ध भएकोमा अब एबीएस र स्मार्ट कनेक्ट फिचर थप भएर आएको हो । यो सँगै विभिन्न ५ भेरिएन्टमा अब आरटीआर १६० फोरभी नेपाली बजारमा उपलब्ध भएको छ ।

१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको छ । आफ्नो रेसिङ विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोरभी ‘पावर टु वेट रेसियो’मा टप स्पिड ११३ किलोमिटर प्रतिघण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

स्मार्ट कनेक्ट फिचरको प्रयोग
चालकले आफ्नो मोबाइलमा एपमार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ । कन्सोलमा रहेको ओडोमिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषतः रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।

साथै, चालकले यसमा टप स्पिड मोडको प्रयोगबाट आफ्नो उच्च गति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पिड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदा उक्त टप स्पिड डिस्प्लेमा देखिने छ ।

यसका अलावा कम्पनीले यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पिड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ ।

त्यसैगरि नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ ।

यसका अलावा यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न बाई टर्न नेभिगेसन, कल अलर्ट मोड उपलब्ध रहेको छ । लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रीमा मोटरसाइकल लिन भयो, कति आरपीएममा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ । बिशेषतः यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्दत गर्छ ।

Motorhead

यस्तै यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दूरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्न मद्दत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसन अफ गर्दासम्मको सूचना यसले राख्छ । मोबाइल माफर्त टर्न बाई टर्न नेभिगेसन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्ट मार्फत मोबाइलमा आएको म्यासेज तथा कल कन्सोलमा देख्न सकिन्छ ।

टीभीएस अपोच सिरिजका विश्वभर ४० लाख ग्राहक पुगेका छन् । सो अवसरमा समेत टीभीएसले उत्सव मनाइरहेको छ ।

कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अलर्ट फिचर दिएको छ । कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनामा पर्दा उक्त फिचर मार्फत लोकेसनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेसन जान्छ । यसका साथै नजिकको अस्पतालको लोकेसन समेत यसमा देखिने छ । यो विशेषतः ग्रुपमा राइड गर्दा महत्वपुर्ण हुन्छ ।

यस्तै यो मोटरसाइकलको ह्यान्डलबारको वाँयातर्फको टर्न इन्डिकेटरसँगै नयाँ आई साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दवाएर नजिक रहेको पेट्रोल पम्पको लोकेसन पाउन सकिन्छ ।

मूल्य
टीभीएसले यसअघि बिक्री गर्दै आएको सिंगल डिस्क भेरिएन्टको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भीको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरि नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ । यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरिएन्टको मूल्य भने २ लाख ९० हजार ९ सय रुपैयाँ तोकिएको छ ।

 


Subscribe Now