tvs-race
काठमाडौं - विश्वभर हवाई यात्रुको संख्यामा ६.५ प्रतिशतले वृद्धि हुँदा नेपालको भने ९.६३ प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ जनवरीदेखि अक्टोबरसम्म १० महिनाको तुलनामा २०१७ मा ९.६३ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

२०१७ को १० महिनामा अन्तर्राष्ट्रियतर्फ ३१ लाख ११ हजार सय ६३ हवाई यात्रुलाई सेवा दिइएको प्राधिकरणले जनाएको छ । २०१६ मा अन्तर्राष्ट्रिय हवाई यात्रु २८ लाख ३८ हजार २ सय ३८ पुगेका छन् भने २०१७ मा आन्तरिक हवाई यात्रु १९ लाख ९२ हजार ९ सय ३ रहेकोमा २०१६ मा यो संख्या १४ लाख ११ हजार १३ मात्रै थियो । 

वायुयानतर्फ पनि २६.४८ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । जसमा २०१७ को १० महिनामा २७ हजार ४ सय ९ उडान भएका छन् । २०१६ मा २१ हजार ६ सय ७१ उडान भएको तथ्यांक छ । यस्तै, कार्गोतर्फ भने २०१७ को १० महिनामा १६ हजार २ सय २९ टन ढुवानी भएको छ अघिल्लो वर्षमा भने १७ हजार ३ सय ८२ टन कार्गो ढुवानी भएको तथ्यांक छ । 

 

Motorhead