मारुती सुजुकी बलेनो : ५ वर्षमा ८ लाख बिक्री

मारुती सुजुकी बलेनो कार लन्च भएको पाँच वर्ष पुरा भएको छ । सन् २०१५ मा पहिलो पटक भारतमा लन्च भएको बलेनो कार गत सोमबार देखि ८ लाख भन्दा धेरै युनिट बिक्री भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले मात्र ५९ महिनामा यो उपलब्धि हासिल गरेको बताएको छ । बलेनोले प्रिमियम ह्याचब्याक सेगमेन्टमा एक सशक्त खेलाडीको रुपमा आफूलाई प्रस्तुत गरेको छ ।

कम्पनीले सन् २०१६ सम्म १ लाख युनिट बलेनो बिक्री गरेको थियो भने २०१८ सम्म ५ लाख युनिट बिक्री गरेको थियो । भारतमा २ सय सहरमा ३७७ केन्द्रमार्फत यसको बिक्री हुन्छ । यो वाहेक कम्पनीले नेपालका साथै अष्ट्रेलिया, युरोप, ल्याटिन अमेरिका, अफ्रिका, मिडिल इस्ट र साउथ इस्ट एसियामा समेत यो कार निर्यात गर्छ ।

मारुती सुजुकी बलेनो बीएस ६ मापदण्डयुक्त १.२ लिटर, ४ सिलिन्ढर ड्युअल जेट ड्युअल भीभीटी इन्जिनका साथ आउछ । यसका साथै कम्पनीको स्मार्ट हाइब्रिड प्रविधिले समेत कारको पावरलाई बढाएको छ । यसको इन्जिनले ८२ एचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ ।

यसका साथै यो १.३ लिटर डिजेल इन्जिनका साथ पनि आउछ । यसले ७४ एचपी पावर र १९० एनएम टर्क जेनेरेट गर्छ । दुवै इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ । यसका साथै १.२ लिटर पेट्रोल इन्जिन सीभीटी अटोमेटिक गियरबक्समा समेत उपलब्ध छ ।

नेपाली बजारमा बलेनो डेल्टा, बलेनो जिटा र बलेनो अल्फा गरी तीन भेरिएन्टमा यो कार उपलब्ध छ । यी कारको मूल्य क्रमशः ३३ लाख ९९ हजार, ३६ लाख ९९ हजार र ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...