७.९९ प्रतिशत ब्याजमै कियाका कार किन्न सकिने

ISUZU

thee-go
yamaha-nepal
tvs-race

काठमाडौं – कियाका कार किन्दा नविल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । सो ब्याजदर ५ वर्ष सम्म परिवर्तन गरिने छैन ।

कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज र नविल बैंकबीच हालै यस सम्बन्धी सम्झौता भएको बताइएको छ । आवश्यक कागजात पुरा भएमा २४ घण्टा भित्रै कर्जा स्वीकृत समेत हुनेछ ।

कियाले नेपाली बजारमा पछिल्लो समयमा उपलब्ध गराएको सोनेट र सेल्टोस कार लोकप्रिय छन् । त्यसैगरी किया स्पोर्टेज र इलेक्ट्रिक कार निरो पनि उत्तिकै लोकप्रिय मानिन्छन् ।

नेपाली बजारमा कियाका ३५ लाख देखि १ करोड १० लाख रुपैयाँ सम्मका गाडी उपलब्ध छन् ।


Subscribe Now