बाइक किन्दा ५१ हजार छुट, ६ वर्ष वारेन्टी र एक्सचेन्ज गर्दा ३० हजार न्यूनतम मूल्यांकन

ISUZU

tvs-race
thee-go
yamaha-nepal

काठमाडौं - बंगलादेशको प्रतिष्ठित ब्रानड रनर मोटरसाइकलले दसैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाइकलको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।

कम्पनीले यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ । यसका साथै कम्पनीले मोटरसाइकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गर्दै आएको छ ।

कुनै पनि पुरानो मोटरसाइकलको एक्सचेन्ज गर्दा ३० हजार रुपैयाँ न्यूनतम मूल्यांकन गरिने समेत रमण मोटर्सले जनाएको छ ।

Motorhead

देशैभरी करिब २२ वटा शोरुमबाट ग्राहकले दसैं तिहार अंतर्गत ५१ हजार रुपैयाँ सम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा पाउने बताइएको छ ।

रमण मोटर्सले हाल ८० सीसीका सस्ता बाइक देखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको बताएको छ ।


Subscribe Now