५० हजार डलर माथिका सवारी आयात गर्न पाइने, पहिलेको प्रतिबन्ध फुकुवा

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – सरकारले गाडी आयातमा लगाएको ५० हजार डलरको सिलिङ हटाएको छ । असोज २२ गते बसेको मन्त्रिपरिषदको बैठकले यसअघि सरकारले लागू गरेको ५० हजार डलर माथिको सवारी आयातमा लगाएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो ।

यो भन्दा पहिले सरकारले गत चैतको मध्यतिर कोरोना भाइरसको प्रकोप फैलिने डर भएको समयमा गरिएका विभिन्न निर्णयहरु मध्ये सो बन्देज पनि एक थियो । त्यो अवस्थामा ५० हजार डलर अर्थात करिव ६० लाख भन्दा महंगा गाडी आयातमा प्रतिबन्ध लगाएको थियो ।

सरकारको सो निर्णयले स्वदेशी धनाढ्यसँगै विदेशी कुटनीतिक नियोग,कुटनीतिक सुविधा प्राप्त संघ संस्था तथा विदेशी कर्मचारीहरु समेतले निजी प्रयोगका लागि महङ्गा गाडी किन्न पाउने अवस्था थिएन । तर सरकारले आफ्नै पूर्व निर्णयलाई उल्टाउँदै पुनः निर्णय गरेसँगै तत्कालका लागि यो बन्देज हटेको छ ।

Motorhead

योसँगै अब नेपाली अटोमोबाइल व्यवसायीहरुलाई जतिपनि महंगा र लक्जरी गाडीहरु भित्र्याउन र बिक्री वितरण गर्न बाटो खुलेको छ ।

५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाइ परेकाले सवारी आयातमा लगाइएको बन्देज फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।


Subscribe Now