के हो ट्राफिक प्रहरीले दिने २४ घण्टे पूर्जी ?

सवारी साधनहरुको अवस्था, सो सवारी साधन चलाउने चालक तथा सवारीसँग सम्बद्ध कागजातहरु प्रचलित नियमानुसार छ छैन चेकजाँच गर्ने र यदि नियमानुसार नभएको अवस्थामा आवश्यक कारवाही गर्ने प्रक्रियालाई सवारी चेकजाँच भनिन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम यातायात निरीक्षक वा प्रहरीले गरेको जरिवानाको रकम तत्काल बुझाउन नसक्ने वा निजलाई सजाय गर्न तत्काल घटनास्थलमा घटीमा प्रहरी सहायक निरीक्षक दर्जा सम्मको अधिकृत नभएमा घटनास्थलमा रहेको कुनै पनि प्रहरी जवान सम्मको दर्जाले त्यस्तो कसुर गर्नेलाई निजले गरेको कसुर खुलाई सो कसुर बापत निजलाई हुने जरिवानाको रकम २४ घण्टा भित्र सम्बन्धित प्रहरी कार्यालय वा अधिकार प्राप्त अधिकारी समक्ष गएर बुझाउनको लागि दिइने पूर्जीलाई चौवीस घण्टे पूर्जी भनिन्छ । 

कुनै पनि सवारी चालकलाई सवारी हाँक्दाको बखत सवारी नियम उल्लंघन गरेको महसुस गराउनु, सवारी चालकले सवारी नियम उल्लंघन गरेवापतको जरिवाना तत्काल तिर्न नसकेमा जरिवाना २४ घण्टा भित्र तिर्ने व्यवस्था मिलाउनु तथा सवारी चालकलाई कारवाही गरी कागजपत्र लिएको प्रमाण सवारी चालकलाई दिन ट्राफिक प्रहरीले प्रयोग गर्ने पूर्जी नै चौविस घण्टे पूर्जी हो ।

ट्राफिक प्रहरीबाट २४ घण्टे पूर्जी लिदा तपाईले ध्यान दिनुपर्ने कुराहरु

सवारी चेकजाँचका क्रममा यदि तपाईबाट सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिको कसुर हुन गएमा तपाईको सडक र सवारीसँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिई तपाईलाई सडकमा खटिएका ट्राफिक प्रहरीले केही विवरणहरु भरेर २४ घण्टे पूर्जी दिने गर्दछन । 

चेकजाँचका क्रममा सडकमा धेरै सवारी साधनहरु जम्मा हुने, त्यसवाट सवारी साधनको क्यूको अवस्था समेत सिर्जना हुन सक्ने भएकोले ट्राफिक प्रहरीहरु पनि हतारमा रहेका हुन्छन् । यसरी हतारको अवस्थामा २४ घण्टे पूर्जीमा विवरणहरु भरेर दिदा कुनै गल्ती कमजोरी भएमा अर्थात विवरण फरक परेमा तपाईले जरिवाना तिर्ने क्रममा तथा कागजपत्र फिर्ता लिने क्रममा अनाबश्यक समय र हैरानी खेप्नुपर्ने हुन सक्छ ।

तसर्थ आउनुहोस्, ट्राफिक चेकजाँचका क्रममा ट्राफिक प्रहरीबाट २४ घण्टे पूर्जी लिंदा ध्यान दिनु पर्ने कुराहरुका बारेमा जानकारी राखौं ।

१) २४ घण्टे पूर्जीमा जारी गर्ने प्रहरी कर्मचारीकोे नाम, दर्जा तथा कार्यालयको नाम, कार्यालयको छाप र दस्तखत छ छैन त्यसको यकिन गर्नुहोस् ।

२) ट्राफिक प्रहरीले सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिमको कसुरमा तपाईलाई २४ घण्टे पूर्जी जारी गर्ने हुँदा उक्त कसुरहरु मध्ये कुन कसुरमा तपाईलाई पूर्जी दिइएको हो, सो कसुरमा ठिक (√) चिन्ह लगाएको छ छैन ? स्पष्ट हुनुहोस् ।

३) उक्त दिनको मिति, समय र गल्ती गरेको स्थान खुलाएको नखुलाएको हेर्नुहोस् ।

४) तपाईबाट कुन–कुन कागजपत्रहरु कारवाहीको लागि खिचिएको हो ? सो कागज पत्रहरुमा ठिक (√) लगाएको छ छैन ? राम्रोसँग हेर्नुहोस् ।

५) तपाइको सवारी चालक अनुमति पत्र कारबाहीमा लिएको भए तपाईको नाम, सवारी चालक अनुमति पत्रको नम्बर, तपाईको सवारी नम्बर स्पष्टसँग खुलाएको छ कि छैन ? अन्य चालक वा सवारी धनीको नाम लेखिएको छ कि ? हेर्न नविर्सनुहोस् ।

६) ट्राफिक प्रहरीले भरेका विवरणहरुमा कुनै गल्ती भेटिएमा तुरुन्तै परिमार्जन गर्न लगाउने र यदि सबै विवरणहरु ठीक पाइएमा २४ घण्टे पूर्जी अर्थात चिट बुझी लिने र ट्राफिक प्रहरीसँग भएको उक्त २४ घण्टे चिटको नक्कल प्रतिमा दस्तखत गरिदिने गर्नुहोस् ।

सम्बन्धित समाचारहरू

खुल्ला त चिनियाँ नाका र आउलान् गाडी ? नाका खोल्न पहल गर्ने अध्यक्ष लीको प्रतिबद्धता

खुल्ला त चिनियाँ नाका र आउलान् गाडी ? नाका खोल्न पहल गर्ने अध्यक्ष लीको प्रतिबद्धता

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै...

यस्ताे बन्दैछ काठमाडौं-तराई/मधेस जाेड्ने फास्ट ट्र्याक

यस्ताे बन्दैछ काठमाडौं-तराई/मधेस जाेड्ने फास्ट ट्र्याक

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग (फास्ट...

नागस्थान चोकमा पनि ट्राफिक बत्ती

नागस्थान चोकमा पनि ट्राफिक बत्ती

काठमाडौं – सुनधारास्थित नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...