यामाहाले सार्वजनिक ग-यो २०२१ को लागि नयाँ यामाहा एमटी–०९

ISUZU

yamaha-nepal
tvs-race
thee-go

अटोमोबाइल क्षेत्रले सन् २०२१ को तयारी शुरु गरिसकेको छ । नयाँ वर्षसँगै बाइक सेगमेन्टमा नयाँ बाइकहरु सार्वजनिक हुने क्रमको समेत सुरुवात भएको छ ।

बाइक एवं स्कुटर निर्माता कम्पनी यामाहाले सन् २०२१ को लागि नयाँ बाइक यामाहा एमटी–०९ सार्वजनिक गरेको छ । सो बाइक हाल उपलब्ध एमटी भन्दा ८ पाउन्ड हल्का र आधुनिक प्रविधिको प्रयोग गरेको छ । सो बाइक साइबोर्ग जस्तो देखिन्छ ।

सो बाइकमा इवाता कारखानाको लोकप्रिय हाइपर नेकेड बाइकको अपडेटेड इन्जिन, चेसिस, इलेक्ट्रोनिक्स प्याकेजको साथ साथै ६ एक्सिस आईएमयू, रिभक्र्ड स्टाइल समावेश गरिएको छ । सो बाइकको मूल्य ९ हजार ३९९ डलर तोकिएको छ । सो मूल्य हाल उपलब्ध मोडल भन्दा ४०० डलर महँगो रहेको छ । नयाँ एमटी–०९ मा ८९० सीसी क्रोप्लेन इनलाइन ट्रिपल इन्जिनको प्रयोग गरिएको छ ।

सो बाइकको तौल कम गर्नका लागि निकै प्रयास गरिएको छ । सो इन्जिन अपडेटमा नयाँ फरगेड पिस्टन, फ्रयाक्चर स्प्लिट कनेक्टिङ रड, क्र्यांकशाफ्ट, क्यामशाफ्ट र क्र्यांककेस समावेश गरिएको छ । एक नयाँ इन्धन डेलिभरी सिस्टम, जसमा इन्जेक्टर थ्रोटल बल्बमा समावेश गरेको छ । सो बाइकलाई स्पोर्ट लुक दिइएको छ । अपडेट गरेको हेडल्याम्प क्लस्टरमा सिंगल एलईडी प्रोजेक्टर हेडलाइट उपलब्ध रहेको छ । जसलाई ट्वीन भर्टिकल एलईडी डिआरएल स्ट्रिप्सबाट फ्ल्यांक गरिएको छ ।

आगामी मोडलमा पारम्परिक टेल माउन्टेड नम्बर प्लेट उपलब्ध हुनेछ, जबकि हाल उपलब्ध मोडलमा एमटी–१० मा जस्तै नम्बर प्लेट होल्डरलाई स्विंगआर्मले जोडिएको छ । स्विंगआर्म एक अलग हिस्सा हो र यो हालको मोडलको माथि ब्रेसिङबाट छुटकारा दिन्छ ।

सन् २०२१ पश्चात बल्ल यो अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनेछ । नेपाली बजारमा भने यो बाइक आउन थप केही समय लाग्ने छ ।

 


Subscribe Now