दराजबाट मोटरहेड बाइक किन्दा २० हजार सम्म छुट

ISUZU

yamaha-nepal
tvs-race
thee-go

काठमाडौं – दराज एपमार्फत मोटरहेडका बाइक किन्दा २० हजार रुपैयाँ सम्म छुट पाइने भएको छ । दराजले शुरु गरेको हाटबजार अन्तर्गत सो अफर उपलब्ध हुने भएको हो ।

मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड अन्तर्गत टेकुमा अवस्थित डिलर इको एक्जिमले सो अफर ल्याएको हो । सो अफर एक साता सम्म चल्ने छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

Motorhead

त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मुल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ ।

ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइरहेकोछ ।


Subscribe Now