लाइसेन्स लिदा देखिएका लामा लाइन हटाउने प्रधानमन्त्रीको भनाइ
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले लाइसेन्स र राहदानी...
तपाईले सडकमा सवारी साधन चलाउँदा धेरै कुराहरुमा ध्यान दिनु पर्छ । तपाईंले अन्य सडक प्रयोगकर्ताहरुको क्रियाकलाप नियन्त्रण गर्न नसक्ने भएकोले तपाई आफ्नो सीप र अनुभवमा निर्भर रहनु पर्दछ ।
निम्न १० वटा नियमहरुको अनुशरणले तपाईको र अन्य सडक प्रयोगकर्ताहरु सबैको यात्रा सुरक्षित र शिष्ट बनाउन सुनिश्चित गर्दछ ।
१. गन्तब्यको योजना (Plan Your Route)
आफू जाने गन्तव्यको पहिल्यै योजना बनाउनुहोस् । ट्राफिक एफएम, स्थानीय मिडिया, पत्रपत्रिकाबाट सडकको अवस्था, वातावरण, सवारी साधनको अवस्था आदिको बारेमा जानकारी लिनुहोस् । अतिरिक्त समय राखेर, ढिला नहुने गरी सवारी चलाउनुहोस् ।
२. सवारी साधनको अवस्था जाँच गर्नुहोस् (Maintain Your Vehicle)
सवारी चलाउनु भन्दा पहिला सवारी साधनको अवस्थाबारे चेकजाँच गर्नुहोस् । सवारीको टायर, वाइपर, पानीको मात्रा, मिरर, बत्तिहरु, सवारी साधनको कागजपत्रहरु आदि । कुनै पनि खतरा हुन नदिन सवारीका सम्पूर्ण चिजवस्तुहरु चेक गर्नुहोस् ।
३. ध्यान केन्द्रित गर्नुहोस् (Focus Your Attention)
सुरक्षित सवारी चालक हुनु भनेको मानसिक र शारीरिक रुपले सक्षम हुनु हो । आफू सहज, सतर्क र होसियार भएर सवारी चलाएमा अरु चालकले गरेको गल्तीलाई समेत धेरै हदसम्म समाधान गर्न सकिन्छ । यदि थकाई वा असहजता महसुस भएमा सवारी रोकी विश्राम गर्नुहोस् । आवेग वा निरासामा सवारी नचलाउनुहोस् ।
४. ध्यान विकेन्द्रित नगर्नुहोस् (Minimize Your Distractions)
ह्विलबाट हात हटाउने, सडकबाट नजर हटाउने या ध्यान एकाग्रता भंग गर्नाले तपाईं र अरुलाइ समेत खतरा उत्पन्न गर्दछ । व्यक्ति, वस्तु वा कुनै अन्य कार्यले सवारी भित्र वा बाहिर तपाईंको ध्यान Divert गर्न सक्दछ । ड्राइभिङ कार्य पूर्ण एकाग्रतामा आधारित छ ।
५. परिवेशको ज्ञान (Know Your Surroundings)
वातावरणिय परिवेश, खतरा र वरिपरिको वातावरण सम्बन्धमा आँकलन गर्नुहोस् । परिवेशको अगाडिको जानकारीका लागि सवारी साधनको Tail Lights, पछाडिको अवस्था थाहा पाउन लुकिङ ग्लासको सहायता लिनुहोस् ।
६. व्यवहार आदानप्रदान (Share Your Politeness)
सवारी चालकको राम्रो व्यवहार भएमा धेरै दुर्घटना कम गर्न सकिन्छ । सवारी चलाउँदा विभिन्न संकेतहरु जस्तो : साइडलाइट, पासिङ लाइट, हर्न आदिको आवश्यकतानुसार प्रयोग, जेब्राक्रसिङमा पैदल यात्रीलाई प्राथमिकता, ट्राफिक संकेतमा सवारी साधन रोक्दा जेब्राक्रसिङमा नरोक्ने जस्ता व्यवहार अन्य सडक प्रयागकर्ताहरुसँग आदानप्रदान गरेमा आलस्यता, थकाई, ध्यान विकेन्द्रित आदिबाट बच्न सकिन्छ ।
७. गति निर्धारण (Watch Your Speed)
सवारी चलाउदा सडकको अवस्था, सडक संकेतको निर्देशन, सवारीको चाप आदिको मूल्यांकन गरेर सवारीको गति निर्धारण गर्नु जरुरी हुन्छ । उच्च गतिले दुर्घटना हुन सक्छ । खतराको आँकलन गर्ने समयलाई न्यून गर्दछ, High speed भएमा अगाडिको सवारीले लगाउने अचानकको ब्रेकलाई समेत आफूले छल्न सकिदैन ।
८. दूरी निर्धारण (Keep Your Distance)
आफूलाई हलचल गर्न पर्याप्त ठाउँ राख्नुहोस् यो आपतमा तपाईलाई काम लाग्नेछ । यसले तपाईलाई सुरक्षित साथ लेन परिवर्तन गर्न, तत्कालीन समस्या टार्नको लागि काम गर्नेछ । सवारी विचमा पर्याप्त दूरी भएमा एक चालकले अर्को चालकलाई देख्ने क्षमता फराकिलो हुन्छ ।
९. सांकेतिक आसय (Signal Your Intentions)
ड्राइभिङ एक तनावपूर्ण कार्य हो । तपाईको योजना र अग्रिम कार्यको बारेमा अन्य सडक प्रयोगकर्ताहरुलाई जानकारी दिन मर्यादित भई संकेतहरुको प्रयोग गर्नुहोस् । आवश्यक हर्न र हेडलाइटको प्रयोग गर्न नहिच्किचाउनुहोस् । धन्यवाद ज्ञापन गर्न, हात हल्लाउन, Flash Light को प्रयोग गर्न नविर्सनुहोस् ।
१०. सधैं सिटबेल्टको प्रयोग गर्नुहोस् (Always Wear Your Seat Belt)
दुर्घटना परेमा सिटबेल्ट तपाईका सुरक्षा गार्ड हुन् । आफू ठिक अवस्थामा हुनुले तपाईको सवारी साधनलाई समेत नियन्त्रणमा राख्छ र जोखिमपुर्ण अवस्थाको समेत प्रतिकार गर्दछ ।
ट्राफिक प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु थापा
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले लाइसेन्स र राहदानी...
तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो...
ट्राफिक लाइट देख्नु भएकै होला ? त्यसमा जम्मा ३ कलरका लाइट हुन्छन् । रातो,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...