हुन्डाईको इओन अब ट्याक्सीको रुपमा

ISUZU

thee-go
tvs-race
yamaha-nepal

नेपालको लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इओन गाडी अब ट्याक्सीको रुपमा बजारमा ल्याउने घोषणा गरेको छ । लोकप्रिय हुन्डाई इओन अन्तर्गतको डी–लाइट र डी–लाइट प्लस अब ट्याक्सीको रुपमा आउँदै छन् ।

देशको वर्तमान सार्वजनिक यातायात सेवालाई मध्यनजर गर्दै, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले आप्mनो इन्ट्रि लेवलको ह्याचब्याक ट्याक्सीको रुपमा ल्याउदै गरको बताइएको छ । १७०० मि.मि. ग्राउण्ड क्लियरेन्स, ५६ पिएसको उच्चतम् पावर, न्युनतम मर्मत खर्च, सर्वसुलभ उपलब्ध पार्टपुर्जा र उच्चतम् माइलेज जस्ता विशेषता भएको हुन्डाइ इओनले पहिले नै अटोमोबाइल व्यवसायमा आप्mनो छाप बनाएको छ । इओन ट्याक्सीमा आरामदायी क्याविन, इलेक्ट्रिक पावर स्टेयरिङ्ग, प्रिमियम ड्यासबोर्ड, एअर कन्डिसनर र पर्याप्त डिकि स्पेस छ जसले आरामदायी ड्राइभिङ्गको अनुभुति दिन्छ ।

लक्ष्मी हुन्डाइले नयाँ हुण्डाइ ट्याक्सीको खरिदको लागि सरल फाइनान्स सेवा र चालु आर्थिक वर्षमा निःशुल्क रोड ट्याक्सको पनि व्यवस्था गरेको बताएको छ ।

Motorhead


Subscribe Now