हुन्डाइको पुनर्निर्माण अभियान

ISUZU

tvs-race
thee-go
yamaha-nepal

नेपालका लागि हुन्डाइको आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भूकम्पप्रभावित क्षेत्रको पुनर्निर्माणका लागि हुन्डाइ इन्सपिरेसन अभियान प्रारम्भ गरेको छ । अभियानअन्तर्गत कम्पनीले आगामी साउन १५ भित्र बिक्री भएका प्रत्येक गाडीबाट एक लाख रुपैयाँ सहयोग स्वरुप भूकम्पप्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि दिनेछ । अभियान अन्तर्गत संकलित रकम भूकम्पप्रभावित क्षेत्रका स्कुल, स्वास्थय, सरसफाइ र अन्य क्षेत्रमा खर्च गरिनेछ ।
यो वाहेक कम्पनीले हुन्डाइ नवयात्रा २०७२ नामक नयाँ योजना पनि प्रारम्भ गरेको छ । यो योजना अन्तर्गत ग्राहकले हुन्डाइको नयाँ गाडी किन्दा निश्चित नगद छुट पाउने छन् । यस्तै स्क्र्याच कुपनबाट ग्राहकले २० हजारदेखि ७२ हजारसम्म नगद छुट पाउने छन् । कम्पनीले कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ हुन्डाइ गाडी साट्न सकिने व्यवस्था पनि गरेको छ । हुन्डाइका हरेक नयाँ गाडीमा ३ वर्ष वारेन्टी, ३ वर्ष निःशुल्क सर्भिसिङ तथा चालु आर्थिक वर्षको सवारी कर र निःशुल्क नामसारीको सुविधा उपलब्ध छ ।

Motorhead


Subscribe Now