हुन्डाइको दसै तिहार अफरका बिजेता पुरस्कृत

ISUZU

tvs-race
thee-go
yamaha-nepal

नेपालस्थित हुन्डाइको आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसै तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाइ दसै तिहार मिस्सी बादशाह एक्का अफरका बिजेताहरुलाई एक समारोहका बीच पुरस्कृत गरिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चकी सचिव श्रीमती बिमला खनाल र मिस नेपाल इभाना मानन्धरलगायतले पुरस्कार वितरण गरेका थिए ।
उक्त योजनाको मिस्सी अन्तर्गत १० जोडीलाई मलेसिया–थाइल्यान्डको होलिडे ट्रिप १० जनाले पाएका छन् । उक्त ट्रिप होटल द डबल ट्रिप, बिनोद सुवेदी, रविन्द्र खड्गी, डा. कुवेरकुमार गिरी, हरीप्रसाद सुवेदी, मधु जनरल स्टोर्स, भर्ग सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, डा. कन्चन अधिकारी, सीता रिजाल र गणेश ट्रेडिङ सेन्टर छन् भने बादशाह अन्तर्गत नवराज बानियाले हुन्डाइ आइ ट्वेन्टी पाएका छन् । त्यसैगरी एक्का अन्तर्गत कृष्णप्रसाद लम्सालले हुन्डाइको भर्ना १.४ गाडी पाएका छन् ।
उक्त योजना २०७१ भदौ ९ देखि कात्तिक १२ सम्म चलेको थियो । उक्त योजनाअन्तर्गत लक्की ड्रमार्फत मिस्सी, बादशाह, एक्काको साथै ५ लाख सम्मको नगद छुट थियो ।

Motorhead


Subscribe Now