सुजुकी तेश्रो बिक्रेता सम्मेलन

ISUZU

yamaha-nepal
tvs-race
thee-go

विशाल ग्रुप अन्तर्गत भिजी अटोमोबाइल प्रालि (सुजुकी मोटरसाइकल इन्डिया प्रालिको एक मात्र अधिकृत आयातकर्ता र बिक्रेता) ले सुजुकी तेश्रो बिक्रेता सम्मेलन साउन ८–११, २०७२ मा आयोजना गरेको छ । यो वर्षको विक्रेता सम्मेलन भारतको नयाँ दिल्लीमा आयोजित गरिएको थियो ।

विक्रेता सम्मेलन चार दिनको लागि आयोजना गरियो जहाँ देशभरबाट सबै बिक्रेताहरुको सहभागिता थियो । यो कार्यक्रमको सञ्चालन सुजुकी इन्डियाका प्रबन्ध निर्देशक श्री मासायोसी इतो, सुजुकी मोटरसाइकल इन्डिया प्रा. लि. का साथै सबै व्यवस्थापन प्रमुखको उपस्थिति थियो । यस कार्यक्रममा भिजी अटोमोबाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल, महाप्रबन्धक अधिरकुमार श्रेष्ठ र अन्य विभाग प्रमुखको पनि उपस्थिति थियो ।

यस सम्मेलनमा, कम्पनीले आप्mनो आगामी दिनहरुको योजना प्रस्तुत ग¥यो । कम्पनीले २०७२÷०७३ का लागि आप्mनो वार्षिक लक्ष्य पनि विक्रेताहरुमाझ प्रस्तुत ग¥यो । यसमा प्रशिक्षण, उत्प्रेरणादायी कार्यक्रम, व्यवस्थापन खेल र मनोरञ्जनात्मक गतिबिधिहरु पनि समावेश गरिएको थियो ।

सबै विक्रेताहरुलाई गुर्गाउ, नयाँ दिल्ली, इन्डिया स्थित सुजुकीको दुई पाङ्ग्रे सवारी निर्माण कारखाना भ्रमण गराइयो । यस कार्यक्रममा सहभागी भएका सबै विक्रेताहरुलाई ताजमहल भ्रमणमा पनि लगिएको थियो ।

यस सम्मेलनको बारेमा कुरा गर्दै, भिजी अटोमोबाइल प्रा. लि. का महाप्रबन्धक अधिर कुमार श्रेष्ठले भने, “यो सम्मेलन सबै विक्रेताहरुको मेहनतलाई सम्मान गर्न आयोजना गरिएको हो । सुजुकीको सफलता हाम्रो विक्रेताहरुले गर्दा सम्भव भएको हो ।”

यस सम्मेलनमा भिजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक श्री निकुञ्ज अग्रवालले थप स्पष्ट पार्दै भने, “भिजी अटोमोबाइल्स अधिकृत आयातकर्ता र बिक्रेता भएको छोटो समयमा नै यसको सफलताका कारण सुजीकी भिजी अटोमोबाइल्स माथि विश्वस्त भएको छ । सुजुकीको नयाँ उत्पादन, हाम्रो विक्रेताको संलग्नता र ग्राहकको भरोसाले सुजुकीलाई आउँदो वर्षमा थप सफलता प्रदान गर्नेछ ।”

भिजी अटोमोबाइल्सले हरेक वर्ष सफलताका साथ बिक्रेता सम्मेलन आयोजना गर्दै आएको छ र यस वर्ष पनि सम्पन्न भएको बिक्रेता सम्मेलन पछि भिजी अटोमोबाइल्स आगामी वर्षका लागि अझ धेरै प्रतिबद्ध र उत्साहित छ ।


Motorhead


Subscribe Now