सुजुकीको तीज अफर

ISUZU

yamaha-nepal
tvs-race
thee-go

भदौ १५, काठमाडौं – सुजुकी स्कुटरको लागि आधिकारिक बितरक भिजी अटोमोबाइल्सले महिलाहरुको महान् चाड तीजको अवसरमा स्कुटरहरुमा विशेष छुटको अफर ल्याएको छ । ‘मनाऔं तीज अन ह्विल्स’ नाम दिइएको उक्त अफर अन्तर्गत सुजुकीको स्वीस र लेट्स स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का छुट प्रदान गरिने छ ।
सुजुकीको १२५ सिसीको शक्तिशाली इन्जिनमा उपलब्ध स्वीस स्कुटरमा स्मार्ट डिजिटल मिटर, स्टाइलिस ब्लु लेन्स पोजिसन ल्याम्प र बोल्ड ग्राफिक्स आदि विशेषता छन् । यसको मूल्य १ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी सुजुकीको लेट्स स्कुटरमा ११२ सिसीको शक्तिशाली इन्जिन छ । यसमा मोबाइल चार्ज गर्नका लागि आवश्यक पोर्ट समेत उपलब्ध छ । यसले प्रतिलिटर ६३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । लेट्स स्कुटरको मूल्य १ लाख ६७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Motorhead


Subscribe Now