भूकम्पपीडितलाई हुन्डाइको सहयोग

ISUZU

yamaha-nepal
tvs-race
thee-go

हुन्डाइ मोटर कम्पनी कोरियाले गत बैशाख १२ गते गएको महाभूकम्पबाट पीडितहरुको राहतको लागि ३ लाख अमेरिकी डलर बराबर सहयोग गरेको छ । हुन्डाइ मोटर कम्पनीले उक्त सहयोग बराबरको रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।

उक्त अवसरमा हुन्डाइ मोटर कम्पनी एसिया एण्ड प्यासिफिक रिजनल हेडक्वार्टरका निर्देशक श्री साङ मीन पार्कले “मुभिङ द वल्र्ड टुगेदर” भावनाका साथ चल्दै, हुन्डाइले आफ्नो ग्लोबल सीएसआर कार्यक्रम अन्तर्गत विश्वमा सहायता चाहेको ठाउ“हरुमा सहयोग गर्दै आएको र आमागी दिनहरुमा पनि गर्ने जानकारी दिए । उनले नेपाल रेडक्रस सोसाइटीलाई सहायता दिनुको साथै, हुन्डाइले हुन्डाइ मोटरको क्षति पुगेका गाडिहरुको मर्मत र सर्भिस तथा अटो पार्टस्मा छुटजस्ता सेवाको पनि व्यवस्था गरेको बताए ।
लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुन्डाइ मोटर कम्पनीलाई यस विपतको घडीमा देखाएको साथ र सहयोगको लागि हार्दिक कृतज्ञता ब्यक्त गरे । उनले भूकम्प गएको तेश्रो दिनदेखि नै लक्ष्मी हुन्डाइले तत्काल प्रतिक्रिया देखाउ“दै विभिन्न राहत सामाग्री प्रदान गरेको जानकारी दिए । भूकम्पग्रस्त विभिन्न क्षेत्रहरुमा खाद्य, टेन्ट र अरु राहत सामग्री वितरण गरेको र यसबाट १५ सय भन्दा बढी पीडित परिवारलाई राहत सामाग्री प्रदान गरेको उनले बताए ।
१९६७ मा स्थापित हुन्डाइ मोटर कम्पनी विश्वको ५ औं ठूलो अटोमेकर हो । जसको विश्वभरमा ८ मेर्नफेक्चरिड्ड बेस र सात डिजाइन र टेक्निकल सेन्टर रहेका छन् । साथै सन् २०१४ मा मात्रै हुन्डाइले करिब ४९ लाख गाडी विक्री गरेको थियो । लक्ष्मी गु्रप अन्तर्गत रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक विक्रेता हो ।

Motorhead


Subscribe Now