भक्सवागन ग्रुपबाट सहयोग

ISUZU

yamaha-nepal
thee-go
tvs-race

असार २२, काठमाडौं । भक्सवागन ग्रुपले भूकम्पपीडितको सहयोगार्थ दुई लाख युरो  अर्थात करिव २ करोड २३ लाख रुपैयाँ प्रदान गरेको छ । भक्सवागन ग्रुपका बाह्य विभाग प्रमुख डा. थोमस स्टेगले दुई लाख युरो रकम जर्मन रेडक्रसका सेक्रेटरी जनरल क्रिस्टोफर रिउटरलाई हस्तान्तरण गरेका थिए । उक्त रकम भूकम्पले घरबारविहीन भएर खुला आकाशमुनि बस्न बाध्य भएका अति विकट पहाडी भेगका भूकम्पपीडितका लागि खर्च गरिने छ ।
भक्सवागन व्यवस्थापन बोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मार्टिन विन्टर कोर्नलाई उद्धृत गर्दै ‘हामीलाई आशा र विश्वास छ, जर्मन रेडक्रस र भगिनी संस्थाहरुले भूकम्पबाट प्रभावित क्षेत्रहरुमा पुनर्वास र पुनर्निर्माणको कार्य यथाशिघ्र गर्नेछ । भक्सवागनको तर्फबाट यो सहयोग नेपाली जनताको दुःखमा हामी साथ छौं भन्ने सन्देश पु¥याउनु हो । हाम्रो सहयोगले भूकम्पपीडित परिवारलाई भविष्यप्रति आशा जगाउने अपेक्षा गरेका छौं ।’ भनिएको छ ।

Motorhead


Subscribe Now