बस र ट्रक जुध्दा ८ जनाको मृत्यु

ISUZU

yamaha-nepal
tvs-race
thee-go

श्रावण १, काठमाडौं – नवलपरासीको दुम्किबास-५ दाउन्नेस्थित विश्वकर्मा बाबाको मन्दिर नजिक शुक्रबार बिहान बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

बसमा रहेका यात्रुमध्ये ६ जनाको घटनास्थलमा र दुई जनाको स्थानीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको इप्रका कावासोतीले जनाइको छ । दुर्घटना बिहान ८ बजेर ४० मिनेटमा भएको हो । पूर्वबाट पश्चिम गइरहेको ना४ख ५१४३ नम्बरको यात्रुबाहक बस र भारतबाट सामान लिएर आइरहेको युपी३२डिएल०८५४ नम्बरको ट्रक महेन्द्र राजमार्गको दाउन्ने ओरालोमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेहरुको नाम ठेगाना खुल्न सकेको छैन । उकालोमा भएको दुर्घटना भएकाले उद्धारमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अुनसार घाइतेलाई स्थानीय अस्पताल, भरतपुर र बुटवल अस्पतालमा उपचारको लागि लगिएको छ । केहीबेर अवरुद्ध भएको राजमार्ग अहिले सुचारु भइसकेको छ ।

Motorhead


Subscribe Now