फोर्स मोटर्सद्वारा निःशुल्क एम्बुलेन्स

ISUZU

yamaha-nepal
thee-go
tvs-race

भारतको प्रसिद्ध मोटर कम्पनी फोर्स मोटर्स लिमिटेडले भूकम्पपीडितका लागि २ वटा ट्रयाक्स जीप र एउटा ट्राभलर मिनी बस गरी ३ वटा एम्बुलेन्स निःशुल्क प्रदान गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत यी एम्बुलेन्स उपलब्ध गराइएको हो । यी एम्बुलेन्स लायन्स क्लब अफ काठमाडौं गोंगबु, पोखरा पञ्चासे चौतारी र बेनी म्याग्दीको संयोजकत्वमा ती क्षेत्रका लायन्स क्लबहरुले सञ्चालन गर्नेछन् । ती एम्बुलेन्स सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखालगायतका भूकम्पबाट बढी प्रभावित जिल्लाहरुका जनताको स्वास्थ्य सेवाका लागि परिचालित गरिनेछ ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै फोर्स मोटर्स लिमिटेड इन्डियाका जनरल म्यानेजर रबिन्द्र पाट्कीले कम्पनीले गत बर्ष भारतको महाराष्ट्र सरकारलाई ७ सय वटा ट्राभलर एम्बुलेन्स प्रदान गरेको र त्यसको सहयोगले ९ सय जनाको ज्यान जोगाउन सकिएको जानकारी दिए । उनले नेपालका भूकम्पपीडित जनताको सेवामा समर्पित गर्ने अभिप्रायले यी एम्बुलेन्स सहयोग गरेको बताए । उक्त अवसरमा स्वास्थ्य मन्त्री खगराज अधिकारीले फोर्स मोटर्सले संकटका बेला सहयोग उपलब्ध गराएकोमा धन्यवाद् ज्ञापन गरेका थिए ।
ट्राभलर एम्बुलेन्स भारतको लोकप्रिय र आपत्कालीन स्वास्थ्य सेवाका लागि रुचाइएको एम्बुलेन्स हो । भारतको केन्द्रीय सरकारका साथै विभिन्न राज्यहरुमा यसका एम्बुलेन्स प्राथमिकताका आधारमा संचालित छन् । ट्रयाक्सका एम्बुलेन्स फोर ह्विल पनि भएको हुँदा कच्ची तथा ग्रामीण साथै साँगुरा सडकहरुमा बढी लोकप्रिय छन् ।
फोर्स मोटर्सले नेपालमा आफ्नो स्थानीय डिलरमार्फत १४ सिट क्षमताको ट्रयाक्स क्रुजर, कार्गो किङ र गामा ट्रयाक्सका साथै गोर्खा, ट्राभलर तथा ट्रयाक्टर बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले हालसालै ब्यक्तिगत सवारी तथा एसयुभीको रुपमा फोर्स वन्डर र एक्स्ट्रिम अफरोडर भेइकलका रुपमा गोर्खाको उत्पादन तथा विक्री वितरण प्रारम्भ गरेको छ ।
सन् १९५८ मा एन. के. फिरोदियाले किफायती व्यावसायिक यातायात सुविधा प्रदान गर्ने उद्देश्यले फोर्स मोटर्स लिमिटेडको स्थापना गरेका थिए । बजाज टेम्पो थ्री ह्विलरबाट व्यवसाय शुरु भएको उक्त कम्पनीको हाल भारतमा टेम्पो, म्याटाडोर र ट्राभलरको रुपमा ब्रान्ड परिचित छ । कम्पनीले हाल लाइट कमर्सियल भेइकलको रुपमा ट्राभलर, मल्टि–युटिलिटी र क्रस–कन्ट्री भेइकलको रुपमा ट्रयाक्स, स्मल कमर्सियल भेइकलको रुपमा ट्रम्प र ट्रयाक्टरको रुपमा बलवानको उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको छ ।

Motorhead


Subscribe Now