फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले गत माघ २३ र २४ गते मेकानिक्स तालिम सम्पन्न गरेको छ । फोर्स मोटरका गाडीहरुका लागि बिक्री पछिको सेवा समेत प्रभावकारी बनाउन र स्थानीय स्तरमै गाडी मर्मत तथा स्पेयर पार्ट्सको उपलब्धतालाई सुलभ बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो । उक्त मेकानिक्स तालिममा स्याङजा, तनहु“, कास्की, लमजुङ्ग, काठमाडौं, पर्वत, बागलुङ, बेनी लगायतका स्थानबाट गरी ३५ जना भन्दा बढी मेकानिक्सहरुको सहभागिता रहेको थियो । उक्त तालिममा फोर्स मोटर्स इन्डिया लिमिटेडका सर्भिस इन्जिनियर सुनिल संकले गाडी मर्मतका विविध प्राविधिक विषयमा तालिम प्रदान गरेका थिए ।
तालिमको समापन समारोहमा प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा एवं अन्य अतिथिहरु पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पदाधिकारीहरु तथा कम्पनीका अध्यक्ष ध्रुववहादुर थापा तथा प्रबन्ध निर्देशक राजन लम्साल लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
गत असोजदेखि काठमाडौं र पोखरामा शोरुम स्थापना गरी आफ्नो बिक्री शुभारम्भ गरको आयाम इन्टरकन्टिनेन्टल प्रालिले सबैभन्दा बढी अर्थात १४ सिट क्षमता भएको क्रुजर लगायत गामा, कार्गो किङ र ट्रम्प ४० जस्ता गाडीहरु बिक्री–वितरण गर्दै आएको छ ।