फोर्ड हेरिटेज मन्थ मनाइँदै

ISUZU

tvs-race
yamaha-nepal
thee-go

नेपालमा विभिन्न कार्यक्रमका साथ फोर्ड कम्पनीले आफ्नो ११२ औं वर्ष प्रवेशको उपलक्षमा फोर्ड हेरिटेज मन्थ मनाउदैछ । विगत १०० वर्ष देखि अटोमोवाइल उद्योगमा फोर्डले दिएको मौलिक सेवा र अग्रणीपनका लागि यसको सम्मानस्वरुप यो वर्ष विशेषरुपमा हेरिटेज मन्थ मनाउन लागेको हो ।
फोर्ड मोटर कम्पनीका एशिया प्यासिफिक क्षेत्रका लागि म्यानेजिङ्ग डाइरेक्टर डेभिड वेष्टरम्यानले प्रत्येक वर्ष हेरिटेज मन्थ मनाउदै आएकोमा गौरवको अनुभूति भएको बताएका छन् । उनले अटोमोवाइल उद्योगमा पर्याप्त योगदान पु¥याउन सकेकोमा प्रसन्नता ब्यक्त गरेका छन् ।
पहिलो उत्पादन देखिनै फोर्डका मोटरहरु पूर्ण सुरक्षित र आरामदायी थिए भने अहिले त्यो विश्वासलाई थप आधार सिर्जना भएको उनको भनाइ छ । यसको प्राविधिक पक्ष अझ उत्कृष्ट भएको उनले बताए ।
वेष्टरम्यानले यसवर्षको हेरिटेज मन्थको थेम (नारा) ‘केवल फोर्डको इतिहास मात्र होइन जहाँ जहाँ हामी व्यवसाय गर्छौ त्यहाँ आफ्नो ऐतिहासिक महत्व र संस्कृतिलाई समेत प्रवाहित गर्छौ’ भएको बताए । नेपालमा मनाउन लागेको फोर्ड हेरिटेज मन्थमा स्पेशल हेरिटेज मन्थ अफर अन्तर्गत नेपालमा फोर्ड गाडीको आधिकारिक बितरक जिओ फोर्डले प्रत्येक टेष्ट ड्राइभमा निःशुल्क उपहार र बूकिङ्ग गर्दा विशेष छूटको व्यवस्था गरेको छ ।
फोर्डको इतिहास
हेनरी फोर्डले एकसय वर्ष भन्दा पहिले यो कम्पनीको स्थापना गरेका थिए र उनले गाडीको इतिहासमा यसले अनपेक्षित परिवर्तन ल्याउने विश्वास लिएका थिए । फोर्डका उत्पादनहरु इन्धनमैत्री र चलाउन सजिलो प्रमाणित छन् । लेमिनेटेड विण्डो यसको अर्को विशेषता हो । यसका अघिकांश गाडी जस्तै फोर्ड मुस्ताङ्ग, इकोस्पोर्ट कमप्याक्ट एसयुभी र रेन्जर पिकअपहरु अहिले विश्वव्यापी रुपमा लोकप्रिय सावित भएका छन् ।
नेपालमा फोर्ड
सन् २०१० मा फोर्ड नेपालमा प्रवेश गरेको हो । त्यतिबेला देखिनै नेपाली ग्राहकहरुको रोजाइमा फोर्डका गाडीहरु परे । फोर्ड कार सुरक्षित, मौलिक, इन्धनमैत्री र राम्रो सेवादिने भनि सबैले प्रशंसा गरे । अहिले नेपालमा फोर्डका सात थरी सवारी साधन उपलब्ध छन् — जसमा सबभन्दा पछि इकोस्पोर्ट कमप्याक्ट एसयुभीले प्रवेश पाएको छ । यसको आफ्नो ऐतिहासिक महत्वलाई कायम राख्दै फोर्डले आफ्ना ग्राहकहरुको सन्तुष्टीका लागि स्तरीय सेवालाई महत्व दिदै आएको दाबी गरेको छ ।
जिओ फोर्डका म्यानेजिङ्ग डाइरेक्टर आकाश गोल्छाले फोर्डले नेपाल सहित विश्वव्यापीरुपमा त्यहाँका जनता, ग्राहक, कर्मचारी, वितरक र सबैको मनजित्ने उद्देश्य लिएको बताए । फोर्ड जस्तो विश्वस्तरीय उत्कृष्ट कम्पनीको एक अंश हुन पाएकोमा प्रसन्नता व्यक्त गर्दै गोल्छाले भविष्यमा आफ्नो तर्फबाट सरोकारवाला सबैको हित संरक्षणमा सक्रिय रहने बताएका छन् ।

Motorhead


Subscribe Now