पोखरामा फियाट र स्कोडा

ISUZU

yamaha-nepal
tvs-race
thee-go

भदौ ३, पोखरा ।
पोखरामा फियाट र स्कोडा गाडीको संयुक्त शोरुम सञ्चालनमा आएको छ । नेपालका लागि फियाट गाडीको आधिकारिक बितरक लाइफ अटोमोबाइल र स्कोडा गाडीको आधिकारिक बितरक एमएडब्ल्यु इन्टरप्राइजेजले स्कोडा गाडीको शोरुम संयक्त रुपमा सञ्चालन गरेका हुन् । शोरुमको लाइफ अटोमोबाइल्सका प्रवन्ध निर्देशक आनन्दराज बतासले गत मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।

सो अवसरमा बोल्दै बतासले युरोपियन गाडीहरुको ब्राण्ड भ्यालु कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले सबल व्यवस्थापन, समर्पित उपभोक्तामुखी कार्यशैलीमार्फत शोरुमबाट सेवा प्रदान गर्ने बताए ।

शोरुम उद्घाटनको पहिलो दिनमा नै फियाटका ३ वटा कार बिक्री भएका छन् । फियाटका एभेन्चुरा दुईओटा र ¥यापिड एउटा बिक्री भएको जनरल म्यानेजर सुरज मानन्धरले जानकारी दिए । स्कोडा ¥यापिड, स्कोडा एक्टिभ प्लस, स्कोडा एमिसन प्लस र स्कोडा एलिगेन्स गरी तीन प्रकारमा उपलब्ध छन् । यो सेग्मेन्टको सबैभन्दा उच्च ग्राउण्ड क्लियरेन्स १६८ मिलिमिटर युक्त स्कोडामा १६ सय सिसि ईन्जिन क्षमता छ । जसले १०५ ब्रेक हर्स पावर उत्पादन गर्न सक्दछ । पेट्रोल र डिजेल दुबै ईन्जिनमा उपलब्ध स्कोडा को बजार मूल्य ३३ लाख ९५ हजारबाट शुरु हुन्छ ।

यसैबीच, फियाट अटोमोबाइलले भदौ १ गतेदेखि ४ दिने एक्सचेन्ज अफर कार्यक्रम शुरु गरेको छ । उक्त योजनामा ग्राहकले काठमाडौंबाट आएका प्रमुख रिकन्डिसन हाउसमार्फत आफ्नो पुरानो गाडीकोे उच्च मुल्यांकनमार्फत थोरै पैसामा फियाट वा स्कोडा गाडी प्राप्त गर्न सक्ने बताइएको छ । ‘उपभोक्ताहरुले एक्सचेन्ज बोनस र साथै विशेष स्किम पनि पाउन सक्नुहुनेछ,’ कम्पनीका जनरल म्यानेजर सुरज मानन्धरले भने । स्कोडा ¥यारापिड जम्मा ४ लाख ७९ हजार डाउनपेमेन्ट र पुन्टो इभो ३ लाख ६९ हजारमा डाउनपेमेन्टमा प्राप्त गर्न सकिने उनले बताए । ‘हरेक फियाट टेस्ट ड्राइभ गर्ने उपभोक्तालाई विशेष उपहार पनि प्रदान गरिन्छ,’ उनले भने ।

लाइफ अटोमोबाइल्सले करिब एक वर्ष पहिला भित्र्याएको फियाट पुन्टो नामक ह्याचब्याकको अधिक्तम सफलता पश्चात फियाट लिनिया नामक सेडान बजारमा ल्याएको थियो । उक्त कारको सफलतासँगै लाइफ अटो मोबाइल्सले हालै फियाट एभेन्चुरा नामक सियुभि बजारमा ल्याएको छ । विविध विषेशताहरु समेटेको फियाटमा भएको उत्कृष्ट ग्राउन्ड किल्यरेन्सले गर्दा यो कार नेपालको बाटो सुहाउँदो रहेको मानन्धरले बताए । स्पोर्टी लुक र अत्याधुनिक पछिल्लो प्रविधिमा आधारित पुन्टो पेट्रोल र डिजेल दुबै ईन्जिनमा उपलब्ध छ । फियाटको बजार मूल्य २५ लाख ९५ हजार रूपैयाँबाट शुरु हुन्छ ।

सबै भन्दा धेरै रुचाइएको युरोपियने ब्राण्ड फियाट क्राइस्लर अटोमोबाइल्स नामक कम्पनीको उत्पादन गर्दै आएको छ । उक्त कम्पनीले विश्व विख्यात १६ ब्राण्डहरु उत्पादन गर्दै आइरहेको छ । फेरारी र मासेराटी जस्ता ब्राण्डहरु पनि सोही कम्पनीको उत्पादन हो । फियाटले कार उत्पादन कम्पनीको सय वर्ष भन्दा लामो इतिहास बोकेको छ । चार ‘गोल्डेन कम्पास अवार्ड’, नौं पटकसम्म ‘युरोपियन कार अफ द ईयर’ र ‘ईन्जिन अफ द ईयर २००५’ जित्न सफल फियाटले फ्रान्स, टर्की, सर्बिया, ईन्डिया र चाइना जस्ता मुलुकहरुसँग संयुक्त रुपमा काम गरिसकेको छ । नेपाली बजारमा फियाट गाडी लन्च गरिएको छोटो समयमै अत्याधिक रुचाईएकोे कम्पनीको दावी छ ।

Motorhead


Subscribe Now