नयाँ कलर स्किममा आउँदै होन्डा सिवी ३५०

होन्डाले आफ्नो ३५० सिसी मोटरसाइकल सिवी हाइनेस र सिवी आरएसलाई नयाँ कलर स्किम दिएर लन्च गर्ने भएको छ । सोबारे जानकारी दिँदै कम्पनीले एक टिजर समेत सार्वजनिक गरेको छ । रातो, कालो र सेतो रङमा उपलब्ध हुने यी मोडलमा कम्पनीले गोल्डेन कलरको धर्सा दिएर थप आकर्षक बनाउन लागेको हो ।

नयाँ कलर स्किम दिएर कम्पनीले यी मोडलको लिमिटेड एडिसन ल्याउन लागेको समेत अनुमान गरिएको छ । यसको मेकानिकल पक्षमा भने कुनै परिवर्तन नगर्ने कम्पनीले जनाएको छ । यी दुईवटै मोडलमा होन्डाले ३४८ सिसीको सिंगल सिलिन्डर इन्जिन जडान गरेको छ । जसको पावर २०.७८ एचपी र टर्क ३० एनएम छ ।

यी दुई मोटरसाइकलमा सिवी ३५० हाइनेस मोर्डन रेट्रो डिजाइनको मोटरसाइकल हो भने सिवी ३५० आरएसमा क्याफे रेसर स्टायल पाउन सकिन्छ । दुवै मोटरसाइकलको अगाडी टेलिस्कोपिक फर्क सेटअप र पछाडी डुअल शक अब्जर्बर दिइएको छ । यी मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

८ लाख भारुमा लन्च भयो नयाँ अमेज, यस्तो छ विशेषता

८ लाख भारुमा लन्च भयो नयाँ अमेज, यस्तो छ विशेषता

होन्डाले आफ्नो कम्प्याक्ट सेडान अमेजको नयाँ संस्करण ‘अल न्यू अमेज’ लन्च...

सुटकेस जस्तै देखिने होन्डाको अनौठो इलेक्ट्रिक स्कुटर

सुटकेस जस्तै देखिने होन्डाको अनौठो इलेक्ट्रिक स्कुटर

होन्डाले सुटकेस जस्तै देखीने सानो आकारको मिनी इलेक्ट्रिक स्कुटर देखाएको छ...

रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न होन्डाले सार्वजनिक ग-यो नयाँ बाइक

रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न होन्डाले सार्वजनिक ग-यो नयाँ बाइक

इटालीमा भएको प्रदर्शनी ईआईसीएमएमा होन्डाले नयाँ स्क्रयाम्बलर बाइक लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...