टिभिएसको नयाँ फिनिक्स आउँदै

ISUZU

thee-go
tvs-race
yamaha-nepal

टिभिएसको नयाँ फिनिक्स मोटरसाइकल अब छिट्टै नै नेपाली बजारमा उपलब्ध हुने भएको छ । भारतीय कम्पनी टिभिएसले नेपालमा उपलब्ध गराउने उक्त मोटरसाइकल १२५ सिसीको छ र यो रेन्जका मोटरसाइकलमा धेरै फिचर भएको कम्पनीको दाबी छ । नेपालमा जगदम्बा अटोमोबाइल्सले उक्त मोटरसाइकल उपलब्ध गराउने छ ।
नयाँ फिनिक्समा एड्भान्स्ड इको थ्रस्ट इन्जिन छ र यसले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । नयाँ पुस्तालाई लक्ष्यित गरी बजारमा ल्याउन लागिएको उक्त मोटरसाइकल स्पोर्टी लुक्समा उपलब्ध हुनुका साथै यसमा इन्जिनलाई बढी तात्न नदिन स्पोर्टी ट्यांक स्कुप समेत रहेको छ । कम्पनीका अनुसार यसमा सर्भिस रिमाइन्डर सेवा र भेइकल लोकेटर की पनि रहेको छ । यसको सहयोगले मोटरसाइकल कहाँ पार्किङ गरिएको छ भनेर थाहा पाउन सकिन्छ ।

Motorhead


Subscribe Now