गाडी आयात २० प्रतिशतले बढ्यो

ISUZU

tvs-race
yamaha-nepal
thee-go

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा गत वर्षको तुलनामा २० प्रतिशतले गाडी आयात बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि जेठसम्ममा १ लाख ७६ हजार २ सय ३९ गाडी आयात भएका थिए भने यो आर्थिक वर्षको यही अवधिमा २ लाख १८ हजार ३ सय ६० गाडी आयात भएका छन् । यातायात व्यवस्था विभागका यस आर्थिक वर्षमा अहिलेसम्मकै सवैभन्दा बढी गाडी आयात भएका छन् । अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष ४२ हजार १ सय २१ बढी गाडी आयात भएका छन् । आर्थिक वर्ष २०६९÷७० मा २ लाख ८४ हजार र २०६६÷६७ मा २ लाख १ हजार गाडी आयात भएको तथ्यांक छ ।
भूकम्पअघि मुलुकमा आर्थिक गतिविधि राम्रो भएको र बैंकहरुले अटो लोनको ब्याजदर घटाएर ८ प्रतिशतसम्म पु¥याएकाले सवारी बिक्रीमा उल्लेखनिय वृद्धि भएको थियो । बैशाख १२ गते यता अटोमोबाइलको आयात र बिक्री दुवै घटेको छ । केही सातायता भने विस्तारै व्यवसाय बढ्न थालेको व्यवसायीहरु बताउछन् ।

Motorhead


Subscribe Now