बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
कारको माइलेज बढाउनका लागि विभिन्न कम्पनीले नयाँ कारमा आइडल स्टार्ट÷स्टप फिचर दिन थालेका छन् । यसलाई सानो बटनको मद्दतले एक्टिभ गरिन्छ । यो फिचर एक्टिभ भएपछि कारको माइलेज बढ्छ ।
आइडल स्टार्ट स्टप फिचर कारको फ्युलको खपत कम गर्नको लागि प्रदान गरिएको हुन्छ । यसलाई एक्टिभेट गरिसकेपछि न्यूट्रलमा रहेको कारको इन्जिन पूर्ण रुपमा बन्द गर्छ र हल्का क्लच थिच्ने बित्तिकै इन्जिन अटोमेटिक स्टार्ट हुन्छ । यो फिचरले कार रोकिँदा इन्धन आपूर्ति पूर्ण रूपमा बन्द गर्छ । यसले कारको माइलेजमा धेरै फरक पार्छ ।
सो फिचरको मद्दतले प्रदूषण पनि कम हुन्छ । सामान्य कार १ मिनेटको लागि एक ठाउँमा रोकिदा यसले अनावश्यक प्रदूषण निम्त्याउँछ, तर स्टार्ट स्टप फिचर एक्टिभ छ भने कार रोक्दा इन्जिन रोकिन्छ र कार स्टार्ट नगरेसम्म कारले कुनै पनि प्रकारको प्रदूषण गर्दैन ।
सो फिचरको एउटा अर्काे फाइदा पनि छ । कारको इन्जिन कम प्रयोग हुँदा यसको आयु पनि बढ्छ । साथै, इन्जिन आयल, फिल्टर, इन्धन फिल्टर जस्ता पार्टपुर्जा र स्पेयरको आयु पनि बढ्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...