इलेक्ट्रिक मोटरसाइकलको खरिदमा ४० हजारसम्म छुट

काठमाडौं– यसपालीको दशैंमा सुपरसोको मोटरसाइकल खरिद गर्दा ग्राहकले ४० हजारसम्म नगद छुट र अन्य थप सुविधा पाउने भएका छन् ।

नेपालका लागि आधिकारिक वितरक डी–लाइफस्टाइल्स प्रालिले सुपरसोको र भी मोटो स्कुटरको खरिदमा नगद छुट वाहेक एक्सचेन्जमा १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकनको साथै सडक कर र २ वर्षको सर्भिसिङ निशुल्क गर्ने जनाएको छ ।

साथै ग्राहकले एक थान हेल्मेट निशुल्क र ब्याट्रीमा ३ वर्ष तथा मोटरमा २ वर्ष अर्थात २० हजार किलोमिटर वारेन्टि पाउनेछन् । फाइनान्स सुविधामा खरिद गर्दा ग्राहकले ३ हजार ९५८ रुपैयाँदेखी सुरु हुने मासिक किस्तामा यी बाइक खरिद गर्न सक्नेछन् । अफर असोज ३० गतेसम्म लागु हुने बताइएको छ ।

इलेक्ट्रिक सेग्मेन्टमा सुपरसोकोका मोटरसाइकल नेपाली बजारमा लोकप्रिय मानिन्छन् । यो ब्रान्डसंग हाल टीसी, टीएस स्ट्रिट हन्टर, टीसी वान्डरर र टीसी म्याक्स मोडलका इलेक्ट्रिक मोटरसाइकल उपलब्ध छन् । जसको मूल्य नेपाली बजारमा २ लाख ९६ हजारदेखी ४ लाख ९० हजारसम्म कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सका सवारी साधन...

२५० किमी रेन्ज दिने भारतको पहिलो क्रुजर इलेक्ट्रिक बाइक र भेनिस ई–स्कुटर सार्वजनिक

२५० किमी रेन्ज दिने भारतको पहिलो क्रुजर इलेक्ट्रिक बाइक र भेनिस ई–स्कुटर सार्वजनिक

कोमाकीले आफ्नो पहिलो इलेक्ट्रिक क्रुजर बाइक कोमाकी रेन्जर भारतमा लन्च...

अभिनेता अर्पण थापाको रोजाइमा प-यो जीएसी ‘एवोन भी’ ईभी

अभिनेता अर्पण थापाको रोजाइमा प-यो जीएसी ‘एवोन भी’ ईभी

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा आफ्नो सशक्त अभिनय, निर्देशन क्षमता र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...