आयल निगम १८ अर्ब नाफामा

ISUZU

tvs-race
thee-go
yamaha-nepal

श्रावण १, काठमाडौं –  नेपाल आयल निगमले आर्थिक वर्ष २०७१/७२ मा १८ अर्व रुपैया नाफा गर्ने अनुमान गरेको छ । लगातार घाटामा गई ३२ अर्ब ८३ करोड रुपैया सञ्चित नोक्सानीमा पुगेको आयल निगमले यो आर्थिक वर्षमा नाफा हुने प्रक्षेपण गरेको हो । प्रक्षेपणअनुसार १८ अर्ब नाफा भए निगमको कुल सञ्चित नोक्सान करिब १५ अर्ब रुपैयाँमा झर्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनमा भारी गिरावट आउनु र निगमले स्वचालित मूल्य प्रणाली लागू गरेकाले उच्च उपलब्धि हासिल भएको बताइएको छ ।
निगमले पाँच वर्षपछि नाफा आर्जन गरेको हो । २०६५/६६ मा निगमले ३ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसबेला विश्वव्यापी मन्दीका कारण तेलको कच्चमा मूल्यमा भारी गिरावट आएकाले नाफा आर्जन गरेको थियो । २०६५/६६ सम्म सञ्चित नोक्सान १३ अर्ब रुपैयाँ हुँदाहुँदै उक्त वर्ष कमाएको नाफाबाट बोनस वितरण गरेपछि निगम पदाधिकारीले मुद्दासमेत खेप्नुपरेको थियो ।
निगम नाफामा जानुको मुख्य श्रेय आआफ्नो नेतृत्वलाई दिने गरिएको छ । कसैले गत असोज १३ गतेदेखि लागू गरिएको स्वचालित मूल्य प्रणालीका कारण निगमको नाफा बढेको दाबी गरेका छन् । कसैले चुहावट नियन्त्रण र प्रशासनिक चुस्तताका कारण नाफा बढेको दाबी गरे । तर खासमा निगमले अमेरिका र रुसबीचको द्वन्द्वबाट फाइदा लिएको हो ।
अमेरिका र रुसको द्वन्द्वले बितेको वर्ष अन्तर्राष्टिय बजारमा कच्चा तेलको मूल्य घटाघट गर्ने निकै होडबाजी चल्यो । रुसले आफ्नो बजार विस्तार गर्न जति कम मूल्यमा इन्धन बेच्थ्यो, त्यसलाई झट्का दिन अमेरिका समथिर्त अरबी मुलुकलागयत ओपेकले त्यति नै कम मूल्यमा बिक्री गर्थे । यसको प्रत्यक्ष असर नेपाल जस्ता इन्धनमा परनिर्भर भएको मुलुकमा परेको हो । अन्तर्राष्ट्िरय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ४५ देखि ६० डलरबीच रह्यो । विगतमा अन्तर्राष्ट्िरय मूल्य कायम हुँदा नेपालमा सरदर ८५ रुपैयाँदेखि १ सय रुपैयाँसम्म भएको थियो ।
त्यसैले चालू आथिर्क वर्ष भएको नाफाबाट निगमले बोनस वितरण गर्ने छैन । उक्त रकम सञ्चित नोक्सानी पूति र्गर्न प्रयोग गर्नेछ । इन्धन बिक्री वितरणमा एकाधिकार प्राप्त सरकारी स्वामित्वको निगम बितेको डेढ दशकदेखि निरन्तर घाटामा छ । अव्यवस्थित कर्मचारीतन्त्र र मूल्य समायोजनमा राजनीतिक दबाब पर्ने हुँदा निगमले ठूलो घाटा बेहोर्दा पनि भाउ बढाउन सक्दैनथ्यो । यो समस्या सामाधानस्वरप गत असोजदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले बेलाबेलामा १र२ रुपैयाँ घटाउने बढाउने गरेको छ । तर प्रभावकारी रपमा लागू गर्न सकेको छैन ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यअनुसार जुलाईमा पनि निगमको नाफा ६२ करोड २९ लाख हुने अनुमान गरिएको छ । अहिले ग्यासमा मात्रै घाटा छ । पेट्रोल, डिजेल, मटितेलको मूल्य नाफामा छ । पेट्रोलमा १० रुपैयाँ, डिजेलमा ४ रुपैयाँ, मटितेलमा २० रुपैयाँ ५२ पैसा नाफा रहेको निगमले जनाएको छ ।
ग्यासमा भने ६ महिना अघिसम्म प्रतिसिलिन्डर १ हजार ४ रुपैयाँसम्म घाटा थियो । अहिले घटेर १७ रुपैयाँ २८ पैसामा झरेको छ । भूकम्पपछि हवाई इन्धनको बिक्रीरवितरण बढेकाले नाफा बढेको भनाइ छ ।
निगमका अनुसार प्रतिलिटर हवाई इन्धन (आन्तरिकतर्फ) मा ५५ रुपैयाँ २० पैसा, अन्तर्राष्ट्िरयतर्फ ७८ रुपैयाँ ५२ पैसा नाफा छ ।

Motorhead


Subscribe Now