आजका समाचारहरु

ISUZU

yamaha-nepal
thee-go
tvs-race

अटोमोबाइल, सडक र यातायात सम्बन्धी आज २०७२ साउन ६ गतेका दैनिक पत्रिकाहरुमा छापिएका केही समाचारहरु ः

४० प्रतिशत बस कटौती
वैदेशिक रोजगारको भरमा सञ्चालनमा रहेका दर्जनौ लामो दूरीका यातायातका साधन बन्द भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क टिकट र भिसाको व्यवस्था लागू गरेपछि कामदार पठाउने कार्य ठप्प हुँदा यसको असर यातायात क्षेत्रमा परेको हो । वैदेशिक रोजगारीमा जानकै लागि दैनिक ठूलो संख्यामा युवा राजधानी आउने गरेका थिए । वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलनका कारण मुलुकभर गरेर लामो दूरीका दिवा तथा रात्रिकालीन बस व्यवसायमा ५० प्रतिशतले प्रत्यक्ष प्रभाव परेको सरोकारवाला निकायले बताएका छन् । (अन्नपूर्ण पोस्ट)
फेवाताल हुँदै पुम्दिभुम्दिको डाँडासम्म केबुलकार बनाउन माग
पर्यटन विकासका लागि पोखराको बसुन्धरापार्कदेखि फेवाताल हुँदै पुम्दिभुम्दिको डाँडासम्म केबुलकार बनाउन पोखराका स्थानीयबासीले माग गरेका छन् । कास्कीका सभासद्हरुले बसुन्धरापार्कदेखि अनदुकोडाँडासम्म केबुककार बनाउन नदिने अभिव्यक्ति दिएकोमा विरोध गर्दै उनीहरुले निर्माण गर्नैपर्ने माग गरेका हुन् । स्थानीय राजनीतिक दल, पर्यटन व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिले हचुवाका भरमा केबुलकार बनाउन नहुने निर्णय गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । (अन्नपूर्ण पोस्ट)
तीन महिनादेखि सुनसान ट्राउट हाइवे
विगतमा ट्राउट हाइवेको रुपमा कहलिएको पासाङ ल्हामु मार्ग तीन महिनायता सुनसान बनेको छ । बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ट्राउट माछा फार्म ध्वस्त पारेपछि माछा फार्म सुनसान बनेको हो । मार्गको त्रिशुली–काठमाडौं सडकको बीचमा पर्ने ककनीदेखि अमारेसम्मको क्षेत्रमा ट्राउट माछा खानका लागि काठमाडौं, धादिङ, रसुवालगायत स्थानका माछा पारखी आउने गरेका थिए । (अन्नपूर्ण पोस्ट)
फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिने तयारी

सरकारले काठमाडौं–तराई मधेश फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय आइएल एन्ड एफएसलाई दिने तयारी गरेको छ । विस्तृत आयोजना अध्ययन (डिपिआर) को जिम्मा पाएको कम्पनीलाई नै निर्माणको जिम्मा दिन लागिएको हो । कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई डिपिआर बुझाउदै भ्याट र मर्मत खर्चबाहेक यसको निर्माण लागत करिब १ खर्ब ३० अर्ब रुपैयाँ निकालेको छ । (नागरिक)

७ सय ट्राभल्स संकटमा
भूकम्पका कारण अस्तव्यस्त भएको ‘ट्राभल एन्ड टिकेटिङ’ व्यवसाय श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको निःशुल्क भिसा र टिकटले थप संकटमा पारेको छ । निःशुल्क भिसा र टिकटको निर्णयविरुद्ध वैदेशिक रोजगार व्यवसायीहरुले व्यवसाय ठप्प पारी आन्दोलनमा उत्रिदा करिब ७ सय ट्राभल्स एन्ड टिकेटिङ व्यवसायीहरु समस्यामा परेका हुन् । (नेपाल समाचारपत्र)
महानगर र साझाले सिटी बस चलाउने
काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित यातायात सुधार्न महानगरपालिकाले साझा यातायातसँग सहकार्य गर्ने भएको छ । महानगर र साझाले संयुक्त रुपमा सिटी बस सञ्चालन गर्ने भएका छन् । यसबारे दुवै पक्षबीच केही दिनभित्रै सम्झौतामा हस्ताक्षर हुँदैछ । महानगरले यसैका लागि चालु वर्ष १० करोड रुपैयाँ बजेटसमेत छुट्याइसकेको छ । (कारोबार)
वर्षभरी चल्ने ग्रामीण सडक २७ प्रतिशत मात्र
स्थानीय निकायद्वारा निर्माण गरिएका ग्रामीण सडकको लम्बाई ५३ हजार १ सय ४३ किलोमिटर पुगेको छ । तर यसमध्ये २७ प्रतिशत मात्र सबै मौसम (अल वेदर) मा यातायात सञ्चालन गर्न सकिने रहेको छ । बाँकी ७३ प्रतिशत सडक मौसमी सडक (फेयर वयदर) रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले उपलब्ध गराएको प्रगति विवरणमा उल्लेख छ । (आर्थिक अभियान)
कर्णाली राजमार्गमा चर्को भाडा लिएको भन्दै विरोध
कालिकोट जिल्लाका सबै सरोकारवालाले कर्णाली राजमार्गको यातायात भाडादर चर्को भएको भन्दै विरोध गरेका छन् । जिल्लाका सबै सरोकारवालाले भाडा दर घटाउनुपर्ने भन्द्रै सात दिनको समय सीमा तोकेका छन् । (राजधानी)
यातायातमा छुट नपाएकामा ज्येष्ठ नागरिकको गुनासो

राज्यले बनाएको कानुनका आधारमा पाउनुपर्ने अधिकार पाउँ भन्ने माग राखेर दबाव दिएको साढे दुई वर्षसम्म पनि यातायातमा छुट नपाएको भन्दै ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा सहुलियत दिनेसम्बन्धी ऐन, नियम र कार्यविधि बनिसक्दा पनि कार्यान्वयनमा नआएकामा ज्येष्ठ नागरिकले गुनासो गरेका हुन् । (राजधानी)

Motorhead


Subscribe Now