अल्टिमेट क्रस स्थगित

ISUZU

tvs-race
yamaha-nepal
thee-go

भदौ १२, काठमाडौं –  नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजनामा आगामी भदौ १९ गते अर्थात सेप्टेम्बर ५ तारिखका दिन हुने भनिएको अल्टिमेट क्रस नामक डर्ट बाइक रेस प्रतियोगिता स्थगित भएको छ । देशको जटील राजनीतिक परिस्थितिका कारण उक्त प्रतियोगिता स्थगित गरिएको संयोजक सीताराम न्यौपानेले बताए । अफ–रोड नेसनल च्याम्पियनसिपको रुपमा परिचित उक्त रेसिङ च्याम्पियनसिपमा डर्ट बाइक राइडरहरुको सहभागिता हुने भनिएको थियो । उक्त प्रतियोगिता राजधानीको नरेफाँट जडिबुटीमा सम्पन्न गर्ने योजना थियो ।

केही समयमै यसको नयाँ मिति घोषणा गरिने संयोजक न्यौपानेले जानकारी दिएका छन् ।

Motorhead


Subscribe Now