Check, click, shop
यस्तो हुनेछ यामाहाको नयाँ बाइक आर थ्री, पेटेन्ट तस्बिर लिक

यामाहाको नयाँ बाइक आर थ्री (आर ३) को पेटेन्ट तस्बिर अनलाइन लिक भएको छ । यसबाट २०१९ यामाहा आर ३ को वारेमा धेरै जानकारीहरु स्पष्ट भएको छ ।

यो भन्दा पहिले यामाहाले आर ३ को नेक्स्ट जेनेरेसन डेभलप गरिरहेको बताइएको थियो । तर हाल लिक भएको तस्बिरका आधारमा नेक्स्ट जेनेरेसन आर ३ को डिजाइनमा धेरै परिवर्तन गरिएको स्पष्ट भएको छ ।

लिक भएको जानकारीका आधारमा नयाँ आर ३ को फ्रन्ट प्यानल फेरि डिजाइन गरिएको हो भन्न सकिन्छ । यसमा ट्विन एलईडी हेडलाइट छ, जसलाई एयर इन्टेकबाट अलग गरिएको छ । बाइकको फेयरिङ पनि नयाँ तरिकाले डिजाइन गरिएको छ र यो हालको मोडल भन्दा अझै स्पोर्टी देखिएको छ ।

राइडरको घुडाका लागि अझै ठूलो कट आउटका साथ नयाँ इन्धन ट्यांकी दिइएको छ । यद्यपि पछिल्लो भागको डिजाइनमा भने धेरै परिवर्तन गरिएको छेन । यसको एलोई ह्विल डिजाइन र एक्जस्ट मफलर हालकै मोडल जस्तै छ ।

यसमा पनि पहिले जस्तै डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस उपलब्ध छ ।
रिपोर्ट अनुसार २०१९ यामाहा आर ३ मा वर्तमान मोडल जस्तै ३२१ सीसी इन्जिन उपलब्ध हुनेछ । लिक्विड कुल्ड प्यारालल ट्विन भएको सो इन्जिनले ४२ एचपी पावर र २९.६ एनएम टर्क जेनेरेट गर्नेछ ।

यामाहाले सो इन्जिनलाई आफ्नो भेरिएबल भल्व एक्चुएसन अर्थात भीभीएस टेक्नोलोजीले अपडेट गर्न सक्छ भन्ने अनुमान गरिएको छ । इन्जिनका साथ ६–स्पिड गियरबक्स हुनेछ भने यसमा स्लिपर क्लच पनि हुनेछ ।

सो बाइक यो वर्षको अन्त्यमा हुने २०१८ ईआईसीएमए मोटरसाइलक शो मा प्रदर्शन गरिने सम्भावना छ । भारतमा सन् २०१९ को अन्त्य सम्ममा उपलब्ध हुनेछ र त्यसपछि बल्ल नेपालमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

 

Subscribe Now